म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

याङ्गुन, ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो ।

सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ । म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी रहेको छ ।

शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका राज्य सल्लाकार कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो ।

‘आतङ्ककारीहरु प्रहरी गरेको आक्रमण यो अवस्था निकै नै जटिल थियो’ त्यसमाथि पनि केही आतङ्ककारीहरु सशस्त्र र बन्दुकधारी रहेका थिए’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन । रासस

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com