युएससीआईएसको फिल्ड अफिसमा शुल्क तिर्ने विधि परिवर्तन, आपतकालिन एड्भान्स परोल अपवाद


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

युएससीआईएसले व्यक्ति आफै उपस्थीत भएर दिने आवेदनका सन्दर्भमा फिल्ड अफिसहरुमा गरिने शुल्क भुक्तानीको प्रकृयामा परिवर्तन गरेको छ । आवेदक र तिनीहरूका वकिलहरू वा मान्यता प्राप्त प्रतिनिधिहरूका लागि फिल्ड अफिसमा व्यक्तिगत रूपमा दिने आवेदनका सन्दर्भमा समेत युएससीआईएसले फेब्रुअरी १ बाट हुलाक वा अनलाइनबाट शुल्क भुक्तानीको नयाँ प्रक्रिया सुरु गर्ने भएको छ ।

नयाँ प्रक्रिया अन्तर्गत आवेदकहरूले चेक वा क्रेडिट कार्ड प्रयोगको स्वीकृति फारम भरेर आवेदनका साथमा फिल्ड अफिसमा हुलाकमार्फत पठाउन सक्नेछन् । आवेदकहरू, तिनीहरूका वकिलहरू र मान्यता प्राप्त प्रतिनिधिहरूले उनीहरूको आवेदन हुलाकबाट पेश गर्न सकिने वा नसकिने निश्चित गर्न र सही स्थानमा दाखिल गरिरहेको सुनिश्चित गर्न फाइलिङ निर्देशनहरू ध्यानपूर्वक पढ्नुपर्ने युएससीआईएसले जनाएको छ ।

गलत ठेगानामा पठाइएका आवेदनहरु आवेदकलाई नै फिर्ता पठाइने उनीहरुले सही कार्यालयमा पुन पेश गर्नुपर्ने युएससीआईएसको भनाई छ । यसअगाडि फिल्ड अफिसमा शुल्क तिर्नका लागि अप्वाइन्टमेन्ट लिनुपर्ने आवश्यकता थियो । नयाँ प्रक्रियाले शुल्कहरू तिर्न पर्ने जो कोहीको लागि समय र पैसा बचत हुने युएससीआईएसको अपेक्षा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप रूपमा वकिलहरु र मान्यता प्राप्त प्रतिनिधिहरूले युएससीआईएस सम्पर्क केन्द्रबाट इमेलमा प्राप्त गरेको लिङ्क मार्फत वा फोनमा प्राप्त गरेको टेक्स्टमार्फत अब डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीको निर्णयबाट अध्यागमन अपील बोर्डमा अपीलको सूचना भनिने ईओआईआर २९ को लागि भुक्तानीहरू गर्न सक्नेछन् । भुक्तानी गरिसकेपछि वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरूले आफ्नो ग्राहकको ईओआईआर २९, ईओआईआर २ र ईओआईआर २७ सहित पे डट गभमा रकम तिरेको रिसिप्ट समेत फिल्ड अफिसमा हुलाकमार्फत पठाउनुपर्छ ।

आपतकालिन रुपमा एड्भान्स परोल कागजातका लागि आवेदन दिनेहरुका सन्दर्भमा भने शुल्क भुक्तानीको नयाँ प्रक्रिया लागु नहुने भएको छ । आपतकालिन अनुरोधका साथ एड्भान्स परोल आवेदन आई १३१ पेश गर्नेहरुले युएससीआईएसको सम्पर्क केन्द्रमार्फत अप्वाइन्टमेन्ट बनाएर व्यक्तिगत रुपमा फिल्ड अफिसमा उपस्थीत भई आवेदन स्वीकृत भएमा क्रेडिट कार्ड वा चेकमार्फत शुल्क तिर्नुपर्छ । क्रेडिटकार्डबाट भुक्तानी गर्दा भने क्रेडिट कार्ड प्रयोगको स्वीकृति फारम समेत भर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com