अब भिजिट भिसामा नेपालबाट बाहिर जानेहरुका लागि लचिलो नीति, पूरानो कडा नीति खारेज


प्रकाशित मिति : माघ ९, २०८० मंगलबार

नेपाल सरकारको अध्यागमन विभागले पर्यटक भिसामा नेपालबाट बाहिर जानेहरुका लागि लचिलो नीति अपनाउने भएको छ । योसँगै पूरानो कडा नीति खारेज गरिएको छ । माघ ८ को उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तरको नेपाल सरकारको निर्णय अनुशार नयाँ लचिलो नीति अपनाइएको अध्यागमन विभागले जनाएको छ ।

पर्यटक भिसामा नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुहरुलाई प्रस्थान अनुमति दिंदा यात्रा सहजिकरणका लागि २०७८ साल फागुन २६ को सचिवस्तरको निर्णय खारेज गरी माघ १० बुधबारदेखि लागु हुनेगरी विभिन्न ६ बुँदालाई आधार मानेर पर्यटक भिसामा विदेश जाने नेपालीहरुलाई प्रस्थान अनुमति दिइने भएको छ ।

के थियो २०७८ साल फागुन २६ को सचिवस्तरको निर्णय? पढ्नका लागि यहाँ क्लीक गर्नुहोला ।   

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्तीमा ६ महिनाको म्याद भएको पासपोर्ट, अनअराइभल भिसा पाइने मुलुक बाहेक अन्य मुलुकमा जानेहरुका लागि जान चाहेको मुलुकको भिसा, दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटल बुक गरेको प्रमाण तथा आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रका आधारमा प्रस्थानअनुमति दिइने भएको छ ।

त्यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैर सरकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण आवश्यक पर्नेछ । नगद, डेबीट वा क्रेडिट कार्डबाट समेत सो प्रमाणित गर्न सकिनेछ । त्यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्नेछ । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहनेछ ।

स्वघोषणा फारम

भिजिट भिसामा विदेश प्रस्थान गर्नेहरुलाई अध्यागमन कार्यविधि २०६५ मा भएको व्यवस्थाको अलावा यी ६ बुंदालाई आधार मानेर प्रस्थान अनुमति प्रदान गर्न अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेको छ । भिजिट भिसामा विदेश जाने नेपाली यात्रुहरुले अपनाउनुपर्ने यात्रा सुझाव जारी भएकोमा सो यात्रा सुझाव जनचेतनाका लागिमात्र भएकाले प्रस्थान अनुमति दिंदा यात्रा सुझावका कुनै पनि बुंदालाई आधार नमान्न पत्राचार गरिएको छ ।

ट्राभल एड्भाइजरीमा के छ ? तल पढ्न गाह्रो भएमा यहाँ क्लीक गर्नुहोला । 

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com