युएससीआईएको शुल्कबृद्धिको संघीय समीक्षा, कामदार भिसा लोटरीको दर्ता शुल्क २१५ डलर


प्रकाशित मिति : माघ ८, २०८० सोमबार

युएससीआईएसले विभिन्न आवेदनहरुमा शुल्क बढाउन ल्याउन लागेको अन्तिम नियमले संघीय पुनरावलोकन पास गरेको छ । अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट पारित भइसकेकाले अब यो नियम लागु हुने संघारमा रहेको छ । नयाँ नियमले कामदार भिसा एचवान बीको लोटरीमा समावेश हुनका लागि लाग्ने शुल्क समेत बढाउने अपेक्षा गरिएको छ । प्रस्तावित नियममा उक्त शुल्क १० डलरबाट बढाएर २१५ डलर बनाउने उल्लेख थियो । अन्य प्रकारका कामदार भिसाका पनि आवेदन शुल्कमा उल्लेख्य बृद्धि प्रस्ताव गरिएको थियो ।

यस अगाडि गर्न लागेको शुल्कबृद्धि अमेरिकाका संघीय न्यायाधिसले रोकेका थिए । शुल्कबृद्धि रोक्ने अदालतको आदेशका कारण युएससीआईएसले  पुरानै शुल्क र आवेदनका पुरानै संंस्करणहरु स्वीकार गरेको थियो । अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ७६० डलर लागु गर्न लागिएको छ । अहिलेको बायोमेट्रिक शुल्क लिइनेछैन ।  अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन  फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेको छ । बायोमेट्रिक शुल्क ८५ डलर रहेको छ ।

 

ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क  १५४० बनाउन लागिएको छ ।  बायोमेट्रिक शुल्क लिइनेछैन ।  गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क ५२५ डलर रहेको छ ।

प्रस्तावित शुल्कबृद्धि यस्तो छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com