के विदेशी पर्यटकलाई अमेरिका प्रवेश गर्न निश्चित रकम चाहिन्छ?


प्रकाशित मिति : असार २, २०८१ आईतबार

pexels-photo-164527.jpeg

Photo by Pixabay on Pexels.com

तपाईलाई अमेरिका आउने क्रममा विमानस्थलमा सीबीपी अधिकारीहरुले तपाईसँग कति रकम छ भनेर प्रश्न गरेका हुनसक्छन् । यसको कारण छ । विदेशबाट अमेरिका भ्रमण गर्ने यात्रुहरूले सीबीपी अधिकारीहरु समक्ष उनीहरूसँग घुम्नका लागि पर्याप्त रकम भएको प्रमाणित गर्न सक्षम हुनुपर्दछ । क्रेडिट कार्ड, नगद, ट्राभलर चेक, मनी अर्डरले अमेरिकामा यात्रा गर्ने क्रममा आवास, मनोरञ्जन, खाना, इत्यादिको खर्च बेहोर्न प्रमाणित गर्नुपर्छ ।

यात्रुसँग सीमित रकम हुनसक्ने विभिन्न परिस्थितिहरूबारे सीबीपी अधिकारीहरु सचेत छन् । त्यस्ता अवस्थाहरूमा यात्रुहरुले आफूसँग अपर्याप्त रकम भएको कारण देखाउन सक्नुपर्छ । कसैले स्पोन्सर गरेको, कुनै कार्यक्रममा सहभागी हुनका लागि आउँदा आयोजकले खर्च बेहोरेको लगायतका अवस्थामा यात्रुसँग कम रकम हुनसक्छ । यो अवस्था हेरेर उनीहरुलाई अमेरिका प्रवेशका लागि स्वीकृति दिइन्छ ।

यदि कसैले तपाईंलाई अमेरिका आउन निमन्त्रणा दिएको थियो र तपाईलाई घरमा राख्ने तथा खाना उपलब्ध गराउँदैछन् भने उक्त निमन्त्रणा लिखित रूपमा पुष्टि गर्नुपर्छ । सीबीपी अधिकारीले मागेको खण्डमा देखाउनको लागि त्यस्ता कागजात आफूसँग राख्न सुझाव दिइएको छ। पत्रमा पूरा नाम र ठेगाना समावेश हुनुपर्छ। यसले अमेरिकामा प्रवेशको ग्यारेन्टी नगरेपनि सीबीपी अधिकारीलाई उनीहरूको अवस्थाको पूर्ण मूल्याङ्कन गर्न मद्दत गर्नेछ।

इन्टरनेटमा भएका कुराकानी, प्रेम प्रदर्शन र रोमान्टिक रुचि देखाएर कतिपय यात्रुले अमेरिकी नागरिकहरूलाई स्पोन्सर गर्न लगाएर धोका दिने समेत गरेको सीबीपीको भनाई छ । त्यस्ता यात्रुहरुले अमेरिकी नागरिकलाई उनीहरूको क्रेडिट कार्ड जानकारी दिन, वा यात्रा तथा भिसा खर्चको लागि पैसा पठाउन सोध्छन् । जसमा उनीहरू अमेरिका आउँदा सीबीपी अधिकारीलाई देखाउन २ हजार डलर हुनुपर्ने उल्लेख गर्दै रकम पठाउन भनिएको हुन्छ । सीबीपीले आमनेसामने नभेटेका कसैलाई पैसा नपठाउन सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले १० हजार डलरभन्दा बढी नगद वा उक्त मूल्यको सामान ल्याएमा सीबीपीको घोषणा फर्म र वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ । त्यसैले सीबीपी अधिकारीले तपाईसँग कति रकम छ भनेर सोध्नुको अर्थ घुम्नका लागि प्रयाप्त रकम भए नभएको निर्धारण गर्नुमात्र नभई १० हजार डलरभन्दा बढी बोकेको छ कि छैन भनेर निर्धारण गर्नु समेत हो । अमेरिकाबाट बाहिर जाँदा पनि १० हजार डलरभन्दा बढी नगद लैजानेहरुले वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com