ग्रिनकार्डवाहक अमेरिकाबाहिर गएको बेला जन्मिएका बच्चालाई अमेरिका ल्याउन भिसा चाहिन्छ?


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

woman carrying baby while sitting on gray seat

यदि ग्रिनकार्डवाहक अमेरिका बाहिर हुँदा बच्चा जन्मिएको खण्डमा उक्त बच्चालाई आफूसँगै अमेरिका ल्याउनका लागि आप्रवासी भिसा प्राप्त गर्न आवश्यक हुँदैन । तर ग्रिनकार्डवाहकको अस्थायी प्रकारको विदेश भ्रमणका क्रममा उक्त बच्चा जन्मेको हुनुपर्छ ।

साथै बच्चा जन्मेको २ बर्ष पूरा नहुँदै अमेरिका ल्याइसकेको हुनुपर्छ । बच्चाका साथमा आउने ग्रिनकार्डवाहक आमा वा बुबा बच्चाको जन्म पछि अमेरिकामा पहिलो पटक प्रवेश गर्दैगरेको हुनुपर्छ ।

अमेरिकाको यात्रा सुरु गर्नु अघि आफू र बच्चाका लागि विमान चढ्न अनुमति दिने आवश्यक कागजातहरू भए नभएको पनि सुनिश्चित गर्नुपर्छ । तपाईसँग ग्रिनकार्ड, रि इन्ट्री परमिट वा रिटर्निङ रेसिडेन्ट भिसामध्ये एक हुन आवश्यक छ । तपाईं कानुनी रूपमा अमेरिकाको स्थायी बासिन्दा भएको र एक वर्षभन्दा कम समयदेखि अमेरिका बाहिर भएको प्रमाण चाहिन्छ ।

woman raising her hand on passenger seat

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकबर्षभन्दा बढी अमेरिकाबाहिर भएको भए रि इन्ट्री परमिट वा रिटर्निङ रेसिडेन्ट भिसामध्ये एक चाहिन्छ । रि इन्ट्री परमिटमा आउँदा २ बर्षभन्दा कम अवधि अमेरिकाबाहिर बसेको हुनुपर्छ भने रिटर्निङ रेसिडेन्ट भिसा हुनेहरुलाई समयसिमा लागु हुँदैन ।

ग्रिनकार्ड वाहक अभिभावक र बच्चा दुवैका पासपोर्टहरु हुनुपर्छ । बुबाआमा दुबैको नाम समावेश भएको बच्चाको जन्मदर्ता प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रको मूल कागजात अंग्रेजीमा छैन भने साथमा अंग्रेजी अनुवाद हुनुपर्छ।

यसरी अमेरिका आउने क्रममा बच्चालाई भिसाको छुट बच्चाको जन्म प्रमाणपत्र प्रस्तुत गरेपछि बिना कुनै शुल्क वा आवेदन बिना नै दिइनेछ । साथै बुबाआमाका लागि आप्रवासी भिसा जारी गरेपछि भिसाको म्याद छँदै जन्मेको बच्चालाई पनि विना भिसा बाबुआमासँग अमेरिका प्रवेश दिइन्छ ।

सीबीपी ज्ञानमालाबाट

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com