बच्चा जन्माउन भिजिटर भिसामा अमेरिका आउन लागेको विमानस्थलमा थाहा भए के हुन्छ?


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

woman holding stomach

कोही गर्भवती विदेशी नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न निषेध गर्ने कुनै विशेष नियमहरू छैनन् तर प्रवेश गर्न अनुमति दिने वा अस्वीकार गर्ने भन्ने अधिकार अमेरिकी भन्सार र सीमा सुरक्षा सीबीपी अधिकारीको विवेकमा भरपर्छ ।

यदि सीबीपी अधिकारीले तपाईं अमेरिकी सरकारको हेरचाहमा बस्नुपर्ने अर्थात सरकारले चिकित्सा हेरचाह उपलब्ध गराउनुपर्ने सम्भावना भएको निर्धारण गरेमा तपाईलाई अमेरिका प्रवेश गर्नबाट रोक्नसक्छन् । सामान्तया तपाईसँग मेडिकल कभरेज नभएको अवस्थामा तपाईंलाई प्रवेश अस्वीकार गर्न सकिन्छ।

तपाइँलाई अमेरिकामा प्रवेश गर्न दिने नदिने निर्धारण गर्दा सीबीपी अधिकारीले तपाइँको बच्चा जन्मने मिति र तपाइँ अमेरिकामा बस्न चाहनु भएको समयलाई ध्यानमा राख्नेछन्। थप रूपमा तपाईं अमेरिकामा हुँदा कुनै पनि चिकित्सा आवश्यकताहरू कभर गर्नको लागि पर्याप्त स्वास्थ्य बीमा भएको र तपाईं स्वदेश फर्कन चाहेको कुरा तपाईले प्रमाणित गर्नुपर्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईसँग अमेरिकामा कुनै पनि अप्रत्याशित वा अपेक्षित चिकित्सा हेरचाह कभर गर्न पर्याप्त स्वास्थ्य बीमा नभएको निर्धारण गरिएमा तपाइँलाई प्रवेश अस्वीकार गर्न सकिन्छ। थप रूपमा यदि तपाईं गर्भवती हुनुहुन्छ र गाडीमार्फत मेक्सिको वा क्यानडाबाट अमेरिकामा प्रवेश गर्दै हुनुहुन्छ भने पोर्टहरूमा तैनाथ गरिएका विकिरण पत्ता लगाउने पोर्टलहरूले कुनै पनि विकिरण उत्सर्जन नगर्ने र तपाईं र तपाईंको गर्भमा रहेको बच्चालाई खतरा नपार्ने बारे सचेत हुनुपर्छ ।

जनवरी २४, २०२० मा अमेरिकी विदेश मन्त्रालयले बर्थ टुरिजमलाई सम्बोधन गर्न भिजिटर भिसा बीका नियमहरू परिमार्जन गरेको थियो । यस परिमार्जित नियम अन्तर्गत बच्चाका लागि अमेरिकी नागरिकता प्राप्त गर्ने उद्देश्यले अमेरिकामा बच्चा जन्माउने प्राथमिकता उद्देश्यका साथ आउन चाहनेहरुको भिसा आवेदन विदेशमा रहेका अमेरिकी कन्सुलर अधिकारीहरूले अस्वीकार गर्नेछन् । बच्चाका लागि अमेरिकी नागरिकता प्राप्त गर्ने उद्देश्यले अमेरिकामा बच्चा जन्माउन आउन लागेको विश्वास गर्ने कारण भएमा कन्सुलर अधिकारीले भिसा दिनेछैनन् ।


सीबीपी ज्ञानमालाबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com