अपराधमा दोषी ग्रिनकार्डबाहक अमेरिका आउँदा विमानस्थलमा ग्रिनकार्ड खारेज गरी फर्काउन सकिन्छ?


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

निश्चित अपराधहरूमा दोषी ठहरिएका ग्रिनकार्डवाहकहरूलाई अमेरिका पुनः प्रवेश अस्वीकार गर्न सकिँदैन, यद्यपि उनीहरूलाई देशनिकालाबारे निर्णय गर्न अध्यागमन अदालतमा सुनुवाइमा पठाउन सकिनेछ । अपराधमा दोषी ठहर भएर पहिले नै अदालतबाट सजाय भोगिसकेकाहरु समेत यस्तो अध्यागमन कारवाहीको भागिदार बन्नसक्छन् ।

अदालतले देशनिकालाको निर्णय गरिसकेपछि उनीहरुको ग्रिनकार्ड खारेज हुन्छ । त्यसपछि देशनिकालाको आदेश हस्तान्तरण गरिन्छ। एक पटक यस्तो आदेश जारी गरिसकेपछि पूर्व ग्रिनकार्डवाहकलाई आई १९२ वेभर जारी गरिएको अवस्थामा बाहेक अमेरिकाबाहिर यात्रा गरेपछि अमेरिकामा प्रवेश गर्न अनुमति दिइने छैन ।

एक सीबीपी अधिकारी नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको भित्री भागको निरीक्षण गर्दै। फोटो : जेम्स टूरटेलोटे

तर पोर्ट अफ इन्ट्रीमा रहेका सीबीपी निर्देशकले सामान्यतया मानवीय उद्देश्यका लागि अस्थायी परोल जारी गरेर अमेरिकाभित्र प्रवेशको अनुमति दिनसक्छन् । ग्रिनकार्ड खारेज हुनसक्ने बैधानिक आधारहरुका लागि यहाँ हेर्न सक्नुहुनेछ ।

ग्रिनकार्ड खारेजीका केही सामान्य आधारहरूमा ठगी, चोरी, बलात्कार र सम्बन्धित अपराधहरू, आक्रमण, मनी लन्ड्रिङ, लागूऔषध कारोबार र आप्रवासी तस्करी लगायत पर्छन् । यदि अभियोग विशेष गम्भीर प्रकृतिको छ भने सुनुवाइको मितिसम्म आप्रवासीलाई हिरासतमा राखिने सम्भावना हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कभर तस्वीर: एक संदिग्धलाई एयरपोर्टमा रोक्दै सीबीपी अधिकारी । फोटो : जेम्स टूरटेलोटे

सीबीपी ज्ञानमालाबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com