अमेरिका आउँदा व्यक्तिगत प्रयोगको लागि कति रक्सी ल्याउन पाइन्छ?
प्रकाशित मिति : माघ ६, २०८० शनिबार
सामान्यतया २१ वर्ष वा सोभन्दा माथिका उमेरका यात्रुहरूले अमेरिकामा आउँदा प्रति व्यक्ति एक लिटरसम्म रक्सी शुल्कविना ल्याउन सक्छन्। यद्यपि यूएस भर्जिन आइल्याण्ड वा अन्य क्यारिबियन देशहरूबाट आउने यात्रुहरूले बढी पनि ल्याउन पाउँछन् । थपमा रक्सी ल्याउन पनि सकिन्छ तर शुल्क र संघीय अन्तःशुल्क करहरू तिर्नुपर्छ, जुन मूल्याङ्कन गरेर पोर्ट अफ इन्ट्रीमा लिइनेछ ।
ड्युटी फ्री पसलहरूमा खरिद गरिएका मादक पदार्थहरू पनि अमेरिकामा आउँदा शुल्क र संघीय अन्तःशुल्क करको अधीनमा छन्। संघीय अन्तःशुल्क कर दरहरू जानकारीमूलक उद्देश्यका लागि मात्र हुन्, किनकि वास्तविक कर वा शुल्क व्यक्तिको परिस्थिति अनुसार फरक हुन सक्छ। २१ वर्ष भन्दा कम उमेरका यात्रुहरूले रक्सी ल्याउन अवैध छ । उनीहरुले उपहारको रूपमा पनि ल्याउन पाउँदैनन् ।
राज्यका कानून र नियमहरू राज्य अनुशार फरक फरक हुन्छन् । कतिपय राज्यमा संघीय नियमहरू भन्दा बढी प्रतिबन्धात्मक हुन सक्छन्। राज्यहरूमा मदिराको मात्रामा लगाइएका प्रतिबन्धहरू त्यो राज्यका निवासीहरुमा मात्र लागू हुन्छ। सामान्यतया राज्य मार्फत यात्रा गर्ने व्यक्तिहरू ती प्रतिबन्धहरूको अधीनमा छैनन् । तर कहिलेकाहीं नियमहरू परिवर्तन हुन्छन्। तपाईले पछिल्लो नीति थाहा पाउन उक्त राज्यको अल्कोहल बेभरेज कन्ट्रोल बोर्डसँग जाँच गर्न सक्नुहुन्छ ।
एक यात्रीले व्यक्तिगत प्रयोगको लागि अमेरिकामा ल्याउन सक्ने रक्सीको मात्रामा कुनै संघीय सीमा छैन तर धेरै रक्सी ल्याउँदा व्यापारिक उद्देश्यका लागि भएको शंका बढाउन सक्छ । त्यसो भएमा सीबीपी अधिकारीहरुले तपाईलाई फेडरल अल्कोहल एडमिनिस्ट्रेशन एक्ट अन्तर्गतका आवश्यकताहरूको पालना गराउनसक्छन् । जसमा आयातकर्ताको आधारभूत अनुमति जस्ता आवश्यकताहरू पर्छ । घरमा बनाइएको रक्सी र पसलमा किनेको रक्सीमा उस्तै नियम लागु हुन्छ ।
सीबीपीबाट साभार







