नेपाली विद्यार्थीलाई मंगलबार अमेरिकाको विमानस्थलबाट फिर्ता पठाइएको घटनाबारे के भन्छ सीबीपी?


प्रकाशित मिति : माघ ३, २०८० बुधबार

अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफ वानमा नेपालबाट अमेरिका आउदै गरेकी एक नेपाली विद्यार्थीलाई अमेरिकाको शिकागो विमानस्थलबाट अध्यागमनले फिर्ता गरेको विषयमा खसोखासले युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनसँग जानकारी मागेको थियो । तर सीबीपीको शिकागो फिल्ड अफिसमा कार्यरत प्रवक्ताले अमेरिकाको गोपनीयता ऐनले सीबीपीलाई व्यक्तिगत यात्री आगमन रेकर्डको बारेमा विशेष छलफल गर्नबाट रोक्ने बताएका छन् ।

यद्यपी कुनै पनि विदेशी यात्रीलाई तिनीहरूको राष्ट्रियताको देशको पर्वाह नगरी विभिन्न कारणहरूका लागि अमेरिकामा प्रवेश गर्नबाट रोक्न सकिने सीबीपीका प्रवक्ताले खसोखासलाई बताए ।

नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रशोधन गर्दै सीबीपी अधिकारी । फोटो : जेम्स टूरटेलोटे

सीबीपीलाई यूएस पोर्ट अफ इन्ट्रीमा विदेशी नागरिकहरूको प्रवेश निर्धारणको लागि नेतृत्व दिइएको भन्दै सीबीपी अधिकारीहरूलाई प्रवेश प्रक्रियालाई व्यापक रूपमा नियन्त्रण अध्यागमन र राष्ट्रियता ऐनमा व्यवस्था गरिएका आप्रवासीको अमेरिका प्रवेशका मापदण्ड र प्रकृयाहरुबारे राम्ररी प्रशिक्षित गरिएको प्रवक्ताको भनाई छ ।

सीबीपी अधिकारीले ती विद्यार्थीलाई ट्युशन शुल्क तिर्ने प्रयाप्त आधार नदेखिएको भन्दै विमानस्थलबाट फिर्ता पठाएका विवरणहरु सार्वजनिक भएकोमा सीबीपीका प्रवक्ताले उक्त विवरण पुष्टी गर्न मानेनन् । ती विद्यार्थीलाई जनवरी १३ शनिबार विमानस्थलबाट अमेरिका प्रवेशमा रोक लगाइएको र जनवरी १६ मंगलबार उनलाई क्याथे प्यासेफिकको विमानमार्फत नेपाल फिर्ता पठाइएको जनाइएको छ । काभ्रे स्थायी घर भएकी उनी बुधबार नेपाल पुग्ने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com