के ग्रिनकार्डवाहकले अमेरिका धेरै पटक छोडेर फर्कन सक्छ?


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

यदि तपाइँ अमेरिकाको वैध स्थायी बासिन्दा अर्थात् ग्रिनकार्डवाहक हुनुहुन्छ भने तपाइले अमेरिका धेरै पटक छोड्न सक्नुहुन्छ र पुनः प्रवेश गर्न सक्नुहुन्छ । तर तपाइँले १ वर्ष वा बढीको लागि अमेरिका बाहिर बस्न चाहनुहुन्न भनेमात्र यसो गर्न सक्नुहुन्छ ।

यदि तपाइँ अमेरिका बाहिर १ वर्ष वा सो भन्दा बढी समय बस्न चाहानुहुन्छ भने तपाइँले अमेरिका छोड्नु अघि नै युएससीआईएसमा पुनः प्रवेश अनुमति अर्थात् रिइन्ट्री परमिटको लागि आवेदन दिनुपर्छ । रिइन्ट्री परमिटले अमेरिकाबाहिर एकबर्षभन्दा लामो समय बसेका ग्रिनकार्डवाहकलाई अमेरिकी दूतावासबाट रिटर्निङ रेसिडेन्ट भिसा नलिइकनै विदेशबाट फर्किएपछि अमेरिकामा प्रवेशको लागि स्वीकृति दिन्छ।

रिइन्ट्री परमिटहरु सामान्यतया जारी भएको मितिबाट २ वर्षको लागि मान्य हुन्छन्। त्यसैले यदि तपाइँ अनुमति जारी गरिएको मिति भन्दा लामो समय अमेरिका बाहिर बस्नुभयो भने तपाईको अमेरिका प्रवेश अस्वीकार हुन सक्छ। रिइन्ट्री परमिटका लागि आवेदन दिन तपाईंले युएससीआईएसमा ट्राभल डकुमेन्ट आई १३१ को लागि आवेदन फाइल गर्नुपर्छ।

यदि तपाईंले ग्रिनकार्डका लागि आवेदन दिनुभएको छ र आधिकारिक रूपमा ग्रीन कार्ड धारक हुनुहुन्न भने तपाईंले आपतकालीन अवस्थामा अमेरिका छोड्नुपरेमा तपाईले एड्भान्स परोलका लागि आवेदन दिएर प्राप्त गरिसकेको हुनुपर्छ । एड्भान्स परोल पनि युएससीआईएसमा आई १३१ आवेदन दिएर प्राप्त गर्न सकिन्छ ।

यदि तपाईलाई अमेरिका छोड्नु अघि कागजातहरू फाइल गर्न आवश्यक छ भने तपाईले त्यसो गर्नु अनिवार्य छ । अन्यथा तपाईलाई अमेरिकामा पुनः प्रवेश अस्वीकृत गर्न सकिन्छ ।

यदि तपाइँ ग्रीन कार्ड धारक हुनुहुन्छ र तपाइँ १ वर्ष वा सो भन्दा बढी अमेरिका बाहिर बस्नु हुन्न भने अमेरिका प्रवेश गर्दा तपाइँसँग तपाइँको ग्रीन कार्ड वा तपाइँको रिटर्निङ रेसिडेन्ट भिसा हुनुपर्छ । तपाईंले आफ्नो म्याद समाप्त भएको पासपोर्ट प्रस्तुत गर्न आवश्यक छैन । यद्यपि तपाईले त्यो पनि आफूसँग बोक्नु नराम्रो विचार होइन।

सीबीपीको ज्ञान लेखबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com