अमेरिकामा कामदार भिसाको आधुनिकीकरणबारे अन्तिम नियम संघीय पुनरावलोकनमा


प्रकाशित मिति : माघ २, २०८० मंगलबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले संघीय समीक्षाको लागि कामदार भिसा एचवानबीको आधुनिकीकरणबारेको नियमलाई प्रकाशन र कार्यान्वयनको नजिक ल्याउँदै अन्तिम नियम संघीय पुनरावलोकनका लागि अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पेश गरेको छ । अक्टोबरमा जारी गरिएको कामदार भिसा एचवानबीको आधुनिकीकरण प्रस्तावमा समावेश भएका केही प्रावधानहरू लागू हुने अपेक्षा गरिएको छ ।

अमेरिकी सरकारले कामदार भिसामा आधुनिकीकरण कार्यक्रमलाई एक वा धेरै अन्तिम नियमहरू मार्फत चरणवद्ध रुपमा अन्तिम रूप दिने र कार्यान्वयन गर्ने जनाएको छ । केही प्रावधानहरू सम्भवतः आर्थिक बर्ष २०२५ भन्दा अगाडि नै लागु हुने अपेक्षा गरिएको छ । यद्यपी अन्तिम नियमका कुन कुन विषयहरु समावेश छन् भन्ने कुरा अज्ञात छ । फेडरल रजिष्ट्ररमा प्रकाशनको लागि नियम जारी नभएसम्म ती अज्ञात नै रहिरहनेछन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवानबीको क्याप दर्ता प्रणालीको दुरुपयोग रोक्नु उच्च प्राथमिकता रहेको बताएको छ । आर्थिक बर्ष २०२५ को कामदार भिसा एचवानबीको क्याप सिजन नजिकिदै गर्दा यो अन्तिम नियमले प्रस्तावित नियममा उल्लिखित लाभार्थी केन्द्रित एचवानबी क्याप चयन प्रणालीमा नियन्त्रण समावेश गर्न सक्छ । साथै सामान्य धोकाधडी विरुद्ध प्रावधानहरू पनि ल्याउन सक्छ । जसले नयाँ नियमहरूको पालना गर्न असफल भएमा आवेदनहरु अस्वीकार गर्न वा रद्द गर्ने क्षमतालाई बलियो बनाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अक्टोबर २०२३ देखि डिसेम्बर २०२३ को अन्त्य सम्म कामदार भिसा एचवानबीको आधुनिकीकरण नियमको प्रस्तावित संस्करणमा सार्वजनिक टिप्पणीहरू स्वीकार गरेको थियो । सार्वजनिक टिप्पणीहरूको प्रतिक्रियामा अन्तिम नियमले प्रस्तावित नियममा परिमार्जनहरू समावेश गर्न सक्छ।

अन्तिम नियमको अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट क्लियरेन्स पछि यो फेडरल रजिष्ट्ररमा प्रकाशित हुनेछ । जसमा कार्यान्वयन समय सीमा पनि जानकारी गराइनेछ । फेडरल रजिष्ट्ररमा प्रकाशनको मिति संघीय समीक्षाको गतिमा निर्भर हुनेछ। यद्यपि आर्थिक बर्ष २०२५ को एचवानबी क्यापलाई असर गर्ने कुनै पनि एचवानबी क्याप दर्ता सम्बन्धित प्रावधानहरू क्याप दर्ता सुरु हुनु अघि प्रभावमा आउन आवश्यक छ, जुन सामान्यतया मार्चको शुरुमा थालनी हुन्छ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com