मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बच्चाको डूबेर मृत्यु


प्रकाशित मिति : पुस २९, २०८० आईतबार

मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बालबालिकाको डूबेर मृत्यु भएको छ । टेक्सासका सैन्य अधिकारीहरूले संघीय सीमा अधिकारीहरूलाई उनीहरुको उद्दार गर्नबाट रोकेपछि शुक्रबार राति मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्दा रियो ग्रान्डे नदिमा उनीहरु डुबेका थिए ।

टेक्सासका गभर्नर ग्रेग एबट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनबीच सन् २०२१ मा बाइडेनले पदभार ग्रहण गरेदेखि नै विनाभिसा गैरकानुनी रूपमा सीमा पार गरेका आप्रवासीहरूको विषयलाई लिएर अध्यागमन सम्बन्धि बढ्दै जाँदा यी मृत्युहरू भएका हुन् । गभर्नर एबटको नेतृत्वमा टेक्सासले आफ्नो सीमा नियन्त्रणहरू लागू गर्न खोजेको छ । यसैक्रममा नयाँ घटना बाहिर आएको हो ।

अधिकारीहरूका अनुशार तीनै जनाले ईगल पासको शेल्बी पार्क नजिकै नदी पार गर्ने प्रयास गरिरहेका थिए । उक्त क्षेत्र कानुनी पोर्ट अफ इन्ट्री होइन भने टेक्सास नेशनल गार्डले यसै हप्ता तारबार थपेको थियो। टेक्सासको सरकारले संघीय सीमा गस्ती एजेन्टहरूलाई रियो ग्रान्डेमा पहुँच कायमहुनबाट रोक्नेगरी नयाँ अवरोध खडा गरेको आरोप लगाइएको थियो ।

संघीय सीमा गस्ती एजेन्टहरूले स्थानीय समय अनुशार शुक्रबार राती ९ बजे रियो ग्रान्डे पार गर्ने प्रयास गर्दा आप्रवासीहरूको एउटा समूह संकटमा परेको जानकारी पाएका थिए । संघीय एजेन्टहरूले टेक्सासका अधिकारीहरूलाई टेलिफोनबाट सम्पर्क गर्न असफल भएपछि टेक्सास सैन्य विभाग र टेक्सास नेशनल गार्डका अधिकारीहरूसँग कुरा गर्न व्यक्तिगत रूपमा शेल्बी पार्क प्रवेशद्वारमा गएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासीहरू रियो ग्रान्डको किनारहरू हुँदै अमेरिका आउन खोज्दै । फोटो : अल्फ्रेडो एस्ट्रेला / एएफपी

यद्यपि टेक्सासको सैन्य विभागका सिपाहीहरूले संघीय सीमा गस्ती एजेन्टहरूलाई आपतकालिन अवस्थामा पनि आप्रवासीहरू भएको स्थानमा पहुँच प्रदान नगर्ने बताएका थिए । त्यसको साटो उनीहरूले स्थितिको अनुसन्धान गर्न सिपाही पठाउने बताएका थिए ।

टेक्सासका सैन्य अधिकारीहरूले अमेरिकी सीमा एजेन्टहरूलाई यस क्षेत्रमा प्रवेश गर्न र गैरकानूनी रूपमा सीमा पार गर्ने मानिसहरूलाई पक्राउ गर्ने तथा मानवीय सहायता प्रदान गर्ने भूमिका निर्वाह गर्न शारीरिक रूपमा नै प्रतिबन्ध लगाएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले बताएका छन् ।

टेक्सासका गभर्नरको नीतिहरू क्रूर, खतरनाक र अमानवीय रहेको तथा अध्यागमनमा संघीय अधिकारको लागि टेक्सासको स्पष्ट उपेक्षाले गम्भीर जोखिम खडा गरेको प्रवक्ताको भनाई छ । टेक्सास राज्यले अमेरिकी सीमा गस्तीलाई अमेरिकी कानूनको कार्यान्वयनमा गरिरहेको हस्तक्षेप गर्न बन्द गर्नुपर्ने उनको भनाई छ ।

मेक्सिकोका अधिकारीहरूले शनिबार एक महिला र दुई बालबालिकाको शव फेला पारेका थिए । तीन जनाको परिचय भने सार्वजनिक गरिएको छैन । घटनाबारे टेक्सास सैन्य विभागले भने फरक विवरण दिएको छ । राती ९ बजेतिर संघीय सीमा गस्तीद्वारा आप्रवासीहरु संकटमा रहेको सन्दर्भमा सम्पर्क गरिएको तर आफ्नो एकाइले सक्रिय रूपमा नदीमा खोजी गर्दा कोही आप्रवासीहरू नदेखेको टेक्सास सैन्य विभागको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com