थोरै घट्यो ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरी ल्याउन लाग्ने अवधि


प्रकाशित मिति : पुस २९, २०८० आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको फेब्रुअरीको भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरी ल्याउन लाग्ने अवधि थोरै घटेको छ । अर्थात् उनीहरुका अनुहारमा थोरै मुस्कान ल्याएको छ ।

परिवारमा आधारित ग्रिनकार्डमा जनवरीको तुलनामा भिसा अप्वाइन्टमेन्ट पाउने मितिमा फेब्रुअरीमा थोरै फेरबदल भएको छ । जसले गर्दा विदेशमा हुने दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीहरुले छिटो ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

जनवरीमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका लागि अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा ८ फेब्रुअरी २०२० भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले दूतावासमा भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन सक्नेछन् । यो जनवरीको तुलनामा झण्डै ३ महिना छिटो हो । जनवरीमा १ नोभेम्बर २०१९ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुको मात्र दूतावासमा भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट तय गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी डिसेम्बरको तुलनामा भने फेब्रुअरीमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुले भिसा अप्वाइन्ट पाउन लाग्ने अवधिमा झण्डै १ बर्ष कम भएको छ । तर अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि आप्रवासी भिसा वा ग्रिनकार्डका लागि दूतावासमा अप्वाइन्टमेन्ट पाउन लाग्ने अवधिमा भने फेब्रुअरीमा फेरबदल भएको छैन ।

अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका सन्दर्भमा १ जनवरी २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरु, ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका सन्दर्भमा १ अक्टोबर २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरु, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा २२ अप्रिल २००९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा २२ मे २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र फेब्रुअरीमा आप्रवासी भिसा वा ग्रिनकार्डका लागि दूतावासमा अप्वाइन्टमेन्ट पाउन सक्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com