विना भिसा अमेरिका आएर एसाइलम खोज्नेबीच न्युयोर्क सेल्टरमा हानाहान, छुरा प्रहारबाट एकको मृत्यु


प्रकाशित मिति : पुस २२, २०८० आईतबार

white and blue ford f 150

शरण खोज्दै न्युयोर्क सिटीमा आएर रान्डल आइल्याण्डमा रहेको आप्रवासी आश्रयमा बस्दै आएका कागजपत्रविहिन आप्रवासीबीच भएको झगडापछि एकजनाले अर्कोको हत्या गरेको अभियोग लगाइएको छ । दुवै जना आइल्याण्डको आप्रवासी केन्द्रमा बसेका थिए। दुईजनाबीच झगडा भएको र एकजनाले छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भएको घटनापछि लगभग ७ बजेर ३० मिनेटमा प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा पुग्दा अधिकारीहरूले २४ वर्षीय पुरुषलाई छातीमा छुराको घाउ भएको अवस्थामा भेट्टाएका थिए । स्वास्थ्य टोलीले २४ वर्षीय युवकलाई तत्काल हार्लेम अस्पतालमा लगेको थियो ।

चिकित्सकको प्रयासको बाबजुद ती व्यक्तिले आफ्नो घाउको चोटले अस्पतालमा ज्यान गुमाएका छन् । प्रहरीले छुरा प्रहारको अभियोगमा २६ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । अहिलेसम्म कुनै अभियोग लगाइएको छैन। प्रहरीले संदिग्ध र मृतकको पहिचान खुलाएको छैन।

white police car on the street

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्याङ्क अनुसार गत वसन्तदेखि न्यूयोर्क शहरमा १,५७,६०० भन्दा बढी आप्रवासीहरू आइपुगेका छन्। अगस्ट २०२३ मा न्यु योर्क शहरका मेयर एरिक आडम्सले रान्डल आइल्याण्डलाई कागजपत्रविहिन आप्रवासीहरूलाई आश्रय दिने टेन्ट सिटीको रूपमा घोषणा गरेका थिए । आप्रवासी आश्रयस्थलमा ५७ हजार आप्रवासीको क्षमता रहेको छ ।

न्यूयोर्क शहरको आश्रय प्रणालीमा ५० हजारभन्दा बढी आप्रवासीहरू छन् जुन पूर्वी क्षेत्रमा सबैभन्दा धेरै आप्रवासी संकट भोग्ने मध्ये एक भएको छ। मेयर आडम्सले शहरमा नयाँ आप्रवासीहरूका लागि कोठा सकिएको र संकटसँग लड्न शहरमा आपतकालिन अवस्था घोषणा गरिएको बताएका थिए ।

शनिबार बिहान न्यूयोर्क शहरको ईस्ट भिलेजमा आप्रवासी केन्द्र बाहिर ४ सय भन्दा बढी शरणार्थीहरूको भीडको बीचमा कसैले लाइन मिचेपछि भएको झगडामा कम्तिमा दुई प्रहरी घाइते भएको केही घण्टापछि रान्डल आइल्याण्डमा हत्याको घटना भएको हो । ईस्ट भिलेजमा भएको घटनामा दुई जना व्यक्तिलाई पक्राउ गरिएको थियो ।

टम्पकिन्स स्क्वायर पार्क नजिकैको पूर्वी ७ औं स्ट्रीट सेन्टरमा रहेको रि इनटेक सेन्टर बाहिर बिहान साढे ८ बजे झडप सुरु भएको थियो । जाभाको कप समातेका एक व्यक्ति लाइन मिचेर अगाडि छिर्न खोजेपछि झडप भएको थियो । सुरुमा झगडामात्र भएपनि तुरुन्तै यो हानाहानमा परिणत भयो । एक व्यक्तिले लाइन मिच्नेलाई मुक्का हानेर भुइँमा ढालेपछि अरूहरू पनि सामेल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com