२६ कार्तिक २०८३, बिहिबार| Thursday, November 12, 2026
श्रोत केन्द्र

अमेरिकामा यी मोबाइल प्रयोगकर्ताले पाउनेछन् १ सय डलरसम्म क्षतिपूर्ति, यसरी गर्नुहोस् दावी

cars parked in front of store during daytime

केही भेराइजन ग्राहकहरूले यस हप्ता हुलाकमा अप्रत्याशित रुपमा पत्र प्राप्त गर्नसक्छन् । एउटा मुद्दामा भेराइजनले १ सय मिलियन डलरको सम्झौता गरेपछि उक्त सम्झौताको भागको रूपमा ग्राहकहरुले केही रकम प्राप्त गर्नेछन् ।

योग्य ग्राहकहरूले पोस्टकार्डहरू वा इमेलहरू प्राप्त गर्दैछन् जसमा उनीहरूलाई अप्रिल १५ सम्ममा १ सय डलरसम्म प्राप्त गर्नको लागि दाबी फाइल गर्न सुझाव दिइएको हुन्छ । भेराइजनलाई अनुचित र पर्याप्त रूपमा खुलासा नगरिएको शुल्क लिएको आरोपमा दायर गरिएको मुद्दामा भएको सहमति अनुरुप यो रकम सेवाग्राहीले पाउन लागेका हुन् ।

भेराइजनले प्रशासकीय शुल्कका नाममा शुल्क लिएको थियो । त्यो शुल्क कम्पनीको योजनाको विज्ञापन गरिएको मासिक शुल्कमा खुलासा गरिएको थिएन र भ्रामक र अनुचित तरिकामा लिएको मुद्दामा दावी गरिएको थियो । भेराइजनले दावीहरूलाई अस्वीकार गरेको छ । तर पनि रकम तिर्न भने सहमत भएको छ ।

यो सम्झौता न्यू जर्सी अदालतमा ल्याइएका चार फरक मुद्दाहरूको परिणाम हो, जहाँ भेराइजनको मुख्यालय समेत रहेको छ । यो डिसेम्बर मा स्वीकृत भएपनि मार्चमा निष्पक्ष सुनुवाई निर्धारण गरिएको छ ।

लुकेका शुल्कहरूबाट उपभोक्ताहरूमात्र आक्रोशित छैनन्, बाइडेन प्रशासनको क्रोध पनि देखिएको छ । गत अक्टोबरमा बाइडेन प्रशासनले व्यवसायहरूलाई लुकेको वा भ्रामक शुल्कहरू चार्ज गर्नबाट प्रतिबन्ध लगाउने एक प्रस्तावित नियम ल्याएको थियो ।

१ सय डलरसम्म रकम पाउन अनलाइन आवेदन दिनुपर्छ । त्यसका लागि एउटा विशेष वेबसाइट सुरु गरिएको छ। त्यसमा आफ्नो भेराइजनको फोन नम्बर र रकम प्राप्त गर्ने विधि दिन आवश्यक हुन्छ । यो फर्म भरेपछि कम्तीमा १५ डलरसम्म रकम पाउन सकिन्छ भने अधिकतम पाउनेले १ सय डलर पाउनेछन् ।

तर भुक्तानी प्राप्त गर्नको लागि १ जनवरी २०१६ देखि ८ नोभेम्बर २०२३ भित्रको कुनै समयमा भेराइजनको पोस्टपेड वायरलेस एकाउन्ट वा डाटा योजनाहरू प्रयोग गरेको हुनुपर्छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →