न्युयोर्कका मेयरबाट ३० हजार आप्रवासीलाई न्युयोर्क ल्याउने बसविरुद्ध ७०० मिलियनको मुद्दा


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

न्युयोर्कका मेयर एरिक आडम्सले बिहीबार १७ यातायात कम्पनीहरू विरुद्ध मुद्दा दायर गरका छन् । ३० हजार भन्दा बढी कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्क सिटीमा ल्याउने यातायात कम्पनीहरुविरुद्ध आडम्सले ७ सय मिलियन डलरको मुद्दा दायर गरेका हुन् ।

यातायात कम्पनीहरूबाट क्षतिपूर्तिको माग गरिएको ७ सय मिलियन डलर रकम आप्रवासीहरूको हेरचाह र आश्रयको लागतको रूपमा वर्णन गरिएको छ। म्यानहटनमा रहेको राज्यको सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा कागजपत्रविहिन आप्रवासीहरूलाई उनीहरूको हेरचाहको लागत न्युयोर्कमा सार्ने गलत नियतका साथ न्युयोर्क सिटीमा पठाउनु राज्यको कानूनको उल्लङ्घन भएको उल्लेख छ ।

यो मुद्दासँगै न्युयोर्कका मेयर र टेक्सास गभर्नर ग्रेग एबटबीचको झगडा बढेको छ । यो मुद्दा निराधार रहेको र खारेज हुन योग्य रहेको एबोटले बताएका छन् । मेयर आडम्सलाई अमेरिकी संविधानको वाणिज्य प्रावधान वा अमेरिकी सर्वोच्च अदालतले मान्यता पाएको यात्रा गर्ने संवैधानिक अधिकारको बारेमा केही थाहा नभएको गभर्नर एबोटले आरोप लगाएका छन् ।

न्युयोर्कका लागि बस वा उडानमा चढेका आप्रवासीहरूले अमेरिकामा बस्नको लागि बाइडेन प्रशासनले अधिकार दिएपछि स्वेच्छिक रूपमा न्युयोर्कलाई रोजेको एबोटको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दा दायर गरिएका यातायात कम्पनीहरूमा ओहायोमा रहेको बकआई कोच एलएलसी र टेक्सासमा रहेको क्लासिक एलिगेन्स कोचहरू समावेश छन्। बस कम्पनीहरुले अहिलेसम्म कुनै प्रतिकृया दिएका छै्रनन् । मुद्दा संयोजनमा जारी गरिएको एक मिनेट लामो भिडियोमा एरिक एडम्सले न्युयोर्क शहरले टेक्सास राज्यको लापरवाह राजनीतिक चालको लागत वहन गर्न नसक्ने बताएका छन् ।

न्युयोर्क शहरमा आएका १ लाख ६० हजार भन्दा बढी कागजपत्रविहिन आप्रवासीहरूको आगमनले एडम्सको कार्यालयमा पहिलो दुई वर्षको धेरै समय खपत गरेको छ। न्युयोर्क शहरको कानून अनुशार न्युयोर्कले आश्रय माग्ने जो कोहीलाई आश्रय प्रदान गर्न आवश्यक छ। लगभग ७० हजार आप्रवासीहरू अहिले पनि सहरको हेरचाहमा रहन्छन्। कागपत्रविहिन आप्रवासीहरूलाई आश्रय दिँदा तीन वर्षमा सहरको १२ बिलियन डलर खर्च हुने मेयर आडम्सको अनुमान छ ।

कागजपत्रविहिन आप्रवासीहरूको आगमनले न्युयोर्क शहरलाई ध्वस्त पार्ने मेयर आडम्सले चेतावनी दिएका छन् । हालैका हप्ताहरूमा उनले यस मुद्दालाई सम्बोधन गर्न थप आक्रामक कानुनी रणनीति अपनाएका छन्। गत हप्ता चार्टर बसहरूले आप्रवासीहरूलाई ढुवानीमा नियन्त्रणहरू घोषणा गरेका थिए । त्यस्ता बसहरुले आप्रवासीलाई छोड्न सक्ने घण्टा र स्थानहरू सीमित गरेका छन् । जसका कारण चार्टर बसहरुले आप्रवासीहरुलाई न्युजर्सीमा छाडेका थिए ।

यसरी आप्रवासीहरुलाई न्युजर्सीमा उतारेपछि मुद्दामा यस्तो गतिविधिलाक्षर्् बस कम्पनीहरूको गलत नियतको थप प्रमाणको रूपमा उद्धृत गरिएको छ । मुद्दामा न्युयोर्ककी गभर्नर क्याथी होकुलको समर्थन रहेको छ, जसको बजेट पनि आप्रवासीहरूलाई आश्रय दिने लागतले तनावग्रस्त भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com