गैर आवासीय नेपाली नागरिकता लिएकाले नेपाल आउँदा शुल्क तिरेर भिसा लिनुपर्छ: अध्यागमन विभाग


प्रकाशित मिति : पुस १८, २०८० बुधबार

गैर आवासीय नेपाली नागरिकता लिएकाहरुले पनि नेपाल जाँदा शुल्क तिरेर भिसा लिनुपर्ने अध्यागमन विभागका सुचना अधिकारी प्रेम प्रसाद दाहालले जानकारी दिनुभएको छ । गैर आवासीय नेपाली नागरिकता लिएकाहरुले पनि अन्य विदेशी सरह नै भिसा शुल्क तिरेर भिसा स्टीकर लिनुपर्ने उहाँले प्रष्ट पार्नुभएको हो ।

खसोखाससँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका नागरिकहरुका हकमा भिसाका विषयमा अहिलेसम्म कहीपनि उल्लेख गरिएको छैन । भिसा शुल्क लिने वा नलिने, भिसा टाँस्ने वा नटाँस्ने भन्ने उल्लेख नभएका कारण र उहाँहरुले प्रयोग गर्नुभएको पासपोर्ट विदेशकै हुने भएका कारण नेपाली पासपोर्ट प्रयोग नगरेसम्म उहाँको अपडेट हुँदैन ।’

‘गैर आवासीय नेपाली नागरिकता प्राप्त गरिसकेका व्यक्तिले नेपाली राहदानी प्राप्त गरिसक्नुभएको अवस्था छैन । उहाँहरुको नागरिकता गैर आवासीय नेपाली नागरिकता भनेर प्राप्त गरेपनि प्रयोग हुने पासपोर्ट विदेशी भएकाले आउँदा जाादा उहााहरुको रेकर्ड अद्यावधिक गर्न भिसा स्टीकर टाँस्नै पर्ने हुन्छ । भिसा स्टीकर टाँसेपछि शुल्क तिर्नुपर्छ । शुल्क पहिले निर्धारण गरे बमोजिम पर्यटक भिसामा प्रतिदिन ३ डलरको हिसाबले शुल्क लिन्छौं,’  दाहालले बताउनुभयो ।

आगामी दिनमा कानुन बनेर गैर आवासीय नेपाली नाग।िरकता प्राप्त गरेपनि भिसा शुल्क नलागने भन्ने कानुनी व्यवस्था भएमा त्यो अवस्थामा निशुल्क भिसा पाउन सक्ने भएतापनि अहिलेको अवस्थामा गैर आवासीय नेपाली नागरिकता लिएकाले भिसा शुल्क तिर्नुपर्ने दाहालको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com