अवैध आप्रवासन घटेसँगै अमेरिकाले मेक्सिकोसँगका चारवटा सीमा नाका पुन: खोल्ने


प्रकाशित मिति : पुस १७, २०८० मंगलबार

अमेरिकाले बिहीबार चारवटा कानूनी अमेरिका मेक्सिको सीमा नाकाहरु पुन: खोल्ने भएको छ । उच्च स्तरको अवैध आप्रवासन कम भएको र कर्मचारीहरू खाली भएको भन्दै सीमा नाकाहरु खोलिने भएको अमेरिकी सीमा अधिकारीहरूले मंगलबार बताएका छन् ।

अमेरिकाले टेक्सासको इगल पास, एरिजोनाका दुई नाकाहरु र सान डिएगो क्यालिफोर्निया नजिकैको एउटा अन्तर्राष्ट्रिय सीमानाका पुनः सञ्चालन गर्ने भएको सीबीपीले एक प्रेस विज्ञप्तिमा बताएको छ । आवश्यकता अनुशार सीमा सुरक्षालाई प्राथमिकतामा राख्न जारी राख्ने सीबीपीले प्रष्ट पारेको छ । आप्रवासीहरु विनाभिसा अमेरिका प्रवेशमा वृद्धिसँगै यी सीमानाकाहरु बन्द गरिएको थियो ।

अमेरिकी सीमा अधिकारीहरूले डिसेम्बरमा आप्रवासीहरूलाई प्रकृयामा लैजान संघर्ष गर्नुपरेको थियो । किनभने एकै दिनमा लगभग ११ हजारसम्मलाई पक्राउ गरिएको थियो । जुन उच्च रेकर्ड थियो।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरसँग भेट्नका लागि शीर्ष अमेरिकी अधिकारीहरूले मेक्सिकोको यात्रा गरेपछि मेक्सिको र अमेरिकी अधिकारीहरूले गत हप्ता उनीहरूको साझा सीमामा रेकर्ड आप्रवासनलाई सम्बोधन गर्न अझ नजिकबाट काम गर्ने वाचा गरेका थिए ।

मेक्सिकोका अधिकारीहरूले हालैका हप्ताहरूमा आप्रवासीहरूलाई दक्षिणी मेक्सिकोमा सार्ने र भेनेजुएलामा निर्वासन उडानहरू पुनः सुरु गर्नेलगायत अध्यागमन प्रवर्तनलाई तीव्र पारेका छन् । अमेरिकी सीमा अधिकारीहरूले गत हप्ता प्रति दिन औसत ६ हजार ४ सय आप्रवासीहरूलाई गिरफ्तार गरेका थिए , जुन क्रिसमस अघिको स्तरबाट ठूलो गिरावट हो ।

आप्रवासीले सिमा पार गर्ने क्रम क्रिसमस र नयाँ वर्षको दिनका बीचमा ऐतिहासिक रूपमा घटेको अधिकारीहरुको भनाई छ । यसैबीच सांसदहरू युक्रेनका लागि सैन्य कोष सहित विदेशी सहायताको साथ सीमा सुरक्षा उपायहरू बढाउने सम्भावित सम्झौताका लागि वार्तामा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com