दक्षिणपश्चिमी रुसमा युक्रेनको घातक हवाई हमला : २० जनाको मृत्यु, सयबढी घाइते


प्रकाशित मिति : पुस १५, २०८० आईतबार

रुसले युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएको बताइएको छ ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् ।

युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।

रुसमाथि युक्रेनले गरेको यो हमलालाई रुसले शुक्रबार युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियाको रुपमा लिइएको छ । रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि युक्रेनले यो रुसको अहिलेसम्मको सबैभन्दा ठूलो हमला भएको बताएको छ ।

रुसले पछिल्लो आक्रमणमा युक्रेनमा बनेको ओल्खा र चेक रिपब्लिकमा बनेको भ्याम्पायर रकेटको प्रयोग गरेको आरोप पनि लगाएको छ ।

तर, युक्रेन आक्रमणमा चेक रिपब्लिकमा बनेका हतियार प्रयोग भएको रुसको दाबीलाई बीबीसी रुसले पुष्टि गर्न सकेन ।

अर्कोतर्फ, न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा रुसी राजदूत भासिली नेबेन्ज्याले युक्रेनले नागरिक लक्ष्यमा जानाजानी, अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com