प्रयोगकर्तालाई ५ हजार डलरसम्म दिनुपर्ने ५ बिलियन डलरको मुद्दा सुल्झाउन गुगल सहमत


प्रकाशित मिति : पुस १४, २०८० शनिबार

person using macbook pro on table

प्रभावित प्रयोगकर्तालाई ५ हजार डलरसम्म दिनुपर्ने माग सहित दायर गरिएको ५ बिलियन डलरको मुद्दा सुल्झाउन गुगल सहमत भएको छ । गुगलले आफ्नो अन्य ब्राउजरका पाइभेट मोडसहित क्रोम ब्राउजरमा इनकग्निटो मोड प्रयोग गर्ने व्यक्तिहरूको इन्टरनेट प्रयोग ट्र्याक गर्न जासुसी गरेको आरोप लगाउँदै दायर गरिएको ५ बिलियन डलरको गोपनीयता मुद्दा सुल्झाउन सहमत भएको हो ।

२०२० मा दायर गरिएको क्लास एक्शन मुद्दामा गुगलले प्रयोगकर्ताहरूलाई इन्कग्निटो मोड प्रयोग गर्दा तिनीहरूको इन्टरनेट गतिविधिहरू ट्र्याक नगर्ने विश्वासमा भ्रमित गरेको आरोप लगाइएको थियो । गुगलको विज्ञापन प्रविधिहरू र अन्य प्रविधिहरूले निजी ब्राउजिङको प्रयोगको बावजुद प्रयोगकर्ताहरूको साइट भ्रमण र गतिविधिहरूको विवरणहरू सूचीकरण गर्न जारी राखेको आरोप छ ।

person holding black android smartphone

मुद्दामा गुगलको इनकग्निटो मोड प्रयोगकर्ताहरुलाई १ सय डलरदेखि ५ हजार डलरसम्म क्षतिपूर्ति मागिएको थियो । यदि गुगलले मुद्दा हारेमा कैयन बिलियन डलर तिर्नुपर्ने हुनसक्छ । मुद्दामा सन् २०१६ को १ जुनदेखिका लाखौं गुगल प्रयोगकर्ताहरूलाई समेटेको छ । गोपनीयता कानूनको उल्लङ्घनका लागि प्रति प्रयोगकर्ता ५ हजारडलरसम्म पनि क्षतिपूर्ति मागिएको थियो । तर यो सहमतिपछि प्रयोगकर्ताले कति रकम पाउनेछन् भन्ने स्पष्ट छैन ।

वादीहरूले गुगलका गतिविधिहरूले आफ्नो गोपनीयताको रक्षा गर्न कदम चालेको सोच्ने प्रयोगकर्ताहरूको बारेमा जानकारीको अनुत्तरित स्रोत प्रदान गरेको आरोप पनि लगाएका छन् । बिहीबार भएको समझदारीलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्नेछ। समझदारीका सर्तहरू खुलासा गरिएको छैन । तर मुद्दाले मूल रूपमा प्रयोगकर्ताहरूको तर्फबाट ५ बिलियन डलर मागेको थियो । वादीहरूका वकिलहरूले फेब्रुअरी २४ सम्ममा अन्तिम सम्झौता अदालतमा पेश गर्ने अपेक्षा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com