क्यालिफोर्नियामा १४ बर्षीयबाट बाबुआमा र बहिनीमाथि धेरै हतियार प्रहार, बाबुआमाको मृत्यु


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

क्यालिफोर्नियाको एक ग्रामीण समुदाय फ्रेस्नो काउन्टीमा बुधवार एक १४ वर्षीय बालकले धेरै हतियारहरु प्रयोग गरेर आमाबाबुको हत्या गरेको प्रहरीले बताएका छन् । हतियार प्रहार गरेर ११ वर्षीया बहिनीलाई गम्भीर घाइते बनाएको आरोपमा बालकलाई पक्राउ गरिएको छ ।

उमेरका कारण संदिग्ध व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । उसले सुरुमा बाबुआमाको हत्यापछि प्रहरी कार्यालयमा फोन गरेर घरमा कसैले तोडफोड गरेको तथा उनको परिवारलाई आक्रमण गरेर ट्रकमा भागेको बताएको थियो । अनुसन्धानकर्ताहरुले पछि केटाको कथा बनाबटी भएको आशंका गरेका थिए ।

प्रमाणले अन्ततः केटाले कथा बनाएको पुष्टी गरेको तथा आमा, बुबा र बहिनीलाई आक्रमण गर्न धेरै हतियारहरू प्रयोग गरेको प्रहरीले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बुबा र आमा दुबै ३७ बर्षका लु याङ र से वाङ रहेको जनाइएको छ ।

छोरीलाई गम्भीर चोटपटकका साथ अस्पताल लगिएको छ भने उनको शल्यक्रिया गरिएको छ । उनी। अब बाँच्ने आशा गरिएको छ। आक्रमणमा अर्को बच्चा अर्थात् संदिग्धको ७ वर्षीय भाइ भने घाइते नभएको जनाइएको छ ।

संदिग्धलाई पक्राउ गरी बालगृहमा राखिएको छ । संदिग्धमाथि दुईवटा हत्याको आरोप र एक हत्या प्रयासको आरोप लगाइएको प्रहरीले शुक्रबार एक विज्ञप्तिमा बताएको छ ।

मुद्दाको फ्रेस्नो काउन्टी जिल्ला न्यायधिवक्ताको कार्यालय द्वारा समीक्षा भइरहेको छ। पीडितहरू कसरी मारिए वा आक्रमणमा कुन हतियार प्रयोग गरियो भन्नेबारे प्रहरीले विस्तृत विवरण दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com