अमेरिकाको अध्यागमन अदालतमा ३० लाख एसाइलमका मुद्दा पेन्डिङ, नेपालीका मात्रै ७४६१


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

अमेरिकाको इतिहासमा नै अध्यागमनका अदालतमा एसाइमका मुद्दाहरूको ब्याकलग सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । कायम भएको नयाँ कीर्तिमान अनुशार अध्यागमन अदालतमा विचाराधीन मुद्दाहरूको संख्या ३० लाख पार भएको छ ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार नेपालीहरुका विचाराधिन एसाइलमका मुद्दाहरुको संख्यामात्र ७ हजार ४ सय ६१ रहेको छ । नेपालीका विचाराधिन मुद्दाहरु न्युयोर्कमा २६७९, सान एन्टोनियोमा १७५४, सान फ्रान्सिस्कोमा १४३३ र डलासमा २९४ रहेका छन् ।

१२ महिनाअघि नोभेम्बर २०२२ मा ब्याकलग २० लाख थियो। यसको मतलब विगत १२ महिनाको अवधिमा १० लाख विचाराधिन मुद्दाहरु बढेका छन् । गतबर्षको अप्रिलसम्म दक्षिणपश्चिमी सीमामा प्रवेश गरेका हजारौं आप्रवासीहरूका कारण यो ब्याकलक चर्को भएको हो । बाइडेन प्रशासनले टाइटल ४२ लाई हटाउनु अघि उनीहरुले शरण खोजेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अत्याधिक मुद्दाका कारण अध्यागमन न्यायाधीशहरू दलदलमा छन्। अध्यागमन न्यायाधीशहरूसँग अब औसतमा हरेकसँग ४५ सय विचाराधीन मुद्दाहरू छन्। यदि विचाराधीन अध्यागमन मुद्दा भएका प्रत्येक व्यक्तिलाई एकै ठाउँमा भेला गरियो भने यो अमेरिकाको तेस्रो ठूलो सहर शिकागोको जनसंख्या भन्दा ठूलो हुनेछ। वास्तवमा अदालतको ब्याकलगमा पर्खिरहेका आप्रवासीहरूको संख्या अहिले कैयन राज्यहरूको जनसंख्या भन्दा ठूलो छ।

अध्यागमन अदालतको ब्याकलग जस्ता जटिल समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका अघिल्लो प्रशासनहरू असफल हुदै आएका छन् । अब समस्या अझ डरलाग्दो चुनौतीमा परिणत भएको छ । अहिले अमेरिकाभर ६८२ जना अमेरिकी अध्यागमन न्यायाधीशहरू रहेका छन् । सन् २०१६ मा यो संख्या २१८ थियो । प्रत्येक न्यायाधीशले आर्थिक वर्ष २०२२ मा औसत करिब ९७५ मुद्दाहरू बन्द गरेका थिए । तर यो ब्याकलग कम गर्न पर्याप्त छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com