न्युयोर्कमा यो बर्ष १५० मिलियन डलरको गाँजा बिक्री, राज्यलाई साढे १६ मिलियन डलर आम्दानी


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

green cannabis on clear glass jar

न्युयोर्कमा यो बर्ष १५० मिलियन डलरको गाँजा बिक्री हुँदा राज्यलाई साढे १६ मिलियन डलर आम्दानी भएको छ । न्युयोर्कका गाँजा नियामकहरूले २०२३ मा कानुनीरुपमा गाँजा उद्योगको आर्थिक सफलताको बारेमा शुक्रबार जानकारी दिएका छन् । तर अवैध गाँजाको बेचविखनका कारण लाखौंको कर गुमेको उनीहरुले बताए ।

यो बर्ष साढे ३ मिलियन गाँजाका उत्पादनहरूको बिक्रीबाट कर राजस्वमा १६ दशमलव ५ मिलियन थपिएको हो । सन् २०२४ अझ महत्त्वपूर्ण र राम्रो हुने अधिकारीहरुके अपेक्षा रहेको छ । राज्यमा रहेका झण्डै १५ सय अवैध विक्रेताहरूले कति गाँजा बिक्री गरेभन्दे बारे अधिकारीहरुले केही बताउन सकेका छैनन् । तर अधिकारीहरूले नराम्रोसँग व्यापार चोरेको गुनासो गरेका छन्।

अवैध पसलहरूलाई अधिकारीहरुले कारवाही गरिरहेको बताएका छन् । जहाँ ११ हजार ६ सय पाउन्ड भन्दा बढी अवैध उत्पादनहरू जफत गरिएको छ । जसको अनुमानित मूल्य ५६ मिलियन डलर रहेको छ । सञ्चालनमा रहेका अवैध उद्योगको कुल आकारको विवरण बारेभने राज्यले कुनै तथ्याङ्क दिन सकेको छैन ।

clear glass jar filled with kush

इजाजत नभएका पसलहरू स्थापना गर्ने विक्रेताहरूले प्राय नगदमा व्यापार गर्छन् । उनीहरुले गाँजाको कर तिर्दैनन् । लाइसेन्स प्राप्त गाँजा स्टोरहरूले गाँजाको कर तिर्न आवश्यक हुन्छ ।

राज्यले यो वर्ष प्रोसेसर, खेती, वितरण, माइक्रोबिजनेस र रिटेल डिस्पेन्सरीका लागि करिब ७ हनजार लाइसेन्सहरूका लागि आवेदन आएको बताएको छ । माग उच्च रहेको र बढ्ने अपेक्षा गरेको अधिकारीहरुको भनाई छ । न्युयोर्कमा मात्रै ग्यास फेस, ब्लुबेरी मफिन र सोर डिजेल जस्ता नामहरू सहित गाँजाका ५ सय बढी स्ट्रेनहरू उपलब्ध गराइएका छन्।

गाँजाको फूल उत्पादनहरू मात्र होइन गाँजा मिसाएका गमीहरू, गाजा मिर्साका एप्पल साइडर जस्ता पेय पदार्थहरू, वेपोराइजरहरू र टिंचरहरू लगायत हरेकका लागि गाँजा बजारमा केही न केही भएको सुनिश्चित गर्नुपर्ने सरकारी अधिकारीहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com