न्युयोर्कमा दिउसो साढे १२ बजेदेखि कलशयात्रा


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

न्युयोर्कको रिजउड र ज्याक्सनहाइटमा रिजउड नेपाली समाजको आयोजनामा कलशयात्रा हुँदैछ । आज बुधबार दिउसो १२ बजेर ३० मिनेटमा रिउउडमा रहेको रिजउडको ७८९ वेकफ एभिन्युबाट कलश यात्रा सुरु हुनेछ । कलशयात्रा पुट्नाम एभिन्युहुँदै दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणस्थल हुँदै अगाडि बढ्नेछ । त्यसपछि न्युयोर्कको ज्याक्सनहाइटमा पनि कलशयात्रा हुनेछ ।

कलशयात्रामा २ सय भन्दा धेरैले भागलिने र १५८ वटा कलशहरु बोकिने जनाइएको छ । विशेष पूजापछि बोकिएका कलश घरमा लैजान समेत सकिनेछ । त्यसका लागि ठूलो कलशका लागि १ सय १ डलर र सानो कलशका लागि ५१ डलर तिर्नुपर्नेछ । कलशयात्रापछि महापुराणको औपचारिक उद्घाटन दिउसो ४ बजे ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा हुनेछ ।

यस अघि रिजउड नेपिाली समाजले सन् २०१० मा न्युयोर्कमा भब्य महापुराणको आयोजना गरेको थियो । महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको थियो । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । आजदेखि अगस्त २९ सम्म हुने महापुराणबाट संकलित रकमबाट किनिएको जग्गामा दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको योजना बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com