अमेरिकी पुनरावेदन अदालतको आदेशपछि एप्पलले अस्थायी रूपमा स्मार्टवाचहरु बेच्नसक्ने


प्रकाशित मिति : पुस ११, २०८० बुधबार

person wearing silver aluminium case Apple Watch with white Sports Band

अमेरिकी पुनरावेदन अदालतको आदेशपछि एप्पलले अस्थायी रूपमा स्मार्टवाचहरु बेच्नसक्ने भएको छ । अन्तर्राष्ट्रिय व्यापार आयोग आईटीसीले एप्पल वाच सिरिज ९ र अल्ट्रा २ मा लगाएको प्रतिबन्ध तत्कालै लागू गर्नबाट अदालतले रोकेको हो ।

एप्पलले अमेरिकाको पुनरावेदन अदालतमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग आईटीसीको आदेश रोक्नको लागि आपतकालीन अनुरोध दायर गरेको थियो । अदालतको अन्तिम निर्णयले या त एप्पल कम्पनीको लाखौं डलर खर्च हुनसक्छ, या त सम्झौता वा कुनै प्रकारको प्राविधिक समाधान गर्न एप्पल बाध्य हुनसक्छ ।

बुधवारको चार अनुच्छेदको निर्णयमा पुनरावेदन अदालतले अपील प्रक्रियाको क्रममा दीर्घकालीन स्थगनका लागि एप्पलको प्रस्तावलाई विचार गर्दा प्रतिबन्ध रोक्ने बताएको छ। अदालतले एप्पलको अनुरोधमा जवाफ दिन आईटीसीलाई जनवरी १० सम्मको समय दिएको छ।

people walking on white floor tiles

अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोगले होशियारीपूर्वक विचारपछि यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको थियो । एप्पलले मासिमो नामक कम्पनीले पेटेन्ट गरेको ब्लड अक्सिजन सेचुरेसन टेक्नोलोजी चोरेको पत्ता लगाएपछि आईटीसीले प्रतिबन्ध जारी गरेको थियो । एप्पलले आफ्ना कर्मचारीहरूलाई काममा लिएको, पल्स अक्सिमेट्री प्रविधि चोरेको र यसलाई एप्पल घडीहरूमा समावेश गरेको मासिमोले आरोप लगाएको छ।

यो प्रतिबन्धले अमेरिकाका रहेका एप्पल स्टोरहरूलाई मात्र असर गर्छ। यसको मतलब ग्राहकहरूले अझै पनि यी घडीहरु बेस्ट बाई, टार्गेट लगायतका खुद्रा बिक्रेताहरूबाट आपूर्ति गर्न सक्नेछन्। एप्पलले वाच एसई बेच्न पनि जारी राख्नेछ, किनभने यो रगत अक्सिजन सेन्सरको साथ आउँदैन।

एप्पलले अब के गर्छ भन्ने प्रष्ट छैन । एप्पलले दुबै घडीहरूमा रगत अक्सिजन सेन्सरमा सफ्टवेयर परिवर्तन गर्ने वा आयात गरिएका यन्त्रहरूमा सेन्सर असक्षम पार्ने लगायतका उपायहरु अपनाउनसक्ने अनमाुन गरिएको छ । तर ती दुबै विधिहरू आईटीसीलाई सन्तुष्ट पार्न पर्याप्त नहुन सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com