२ सयभन्दा बढी आप्रवासी बोकेर न्युयोर्क आउदै गरेको विमान फिलाडेल्फिया डाइभर्ट
प्रकाशित मिति : पुस ११, २०८० बुधबार
२०० भन्दा बढी आप्रवासी बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थलतिर आउँदै गरेको विमान फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । विमान मंगलबार राति फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो।
फिलाडेल्फियाको आपतकालीन व्यवस्थापनको कार्यालयका अनुशार विमान टेक्सासबाट न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदै थियो । एल पासो टेक्सासबाट उडेको यो विमान फिलाडेल्फियामा बेलुका ८ बजे मात्र अवतरण गरेको थियो।

आपतकालीन व्यवस्थापनको कार्यालयका अनुशार अवतरणपपछि पनि झण्डै साढे २ घण्टासम्म यात्रुहरुलाई विमानमा नै राखिएको थियो । न्युयोर्कबाट करिब साढे १० बजे बस आइसकेपछिमात्र यात्रुहरुलाई विमानबाट निकालेर बसमा राखिएको थियो । बसहरूले तिनीहरूलाई राती नै न्युयोर्क सिटी ल्याएका थिए ।
फिलाडेल्फिया इन्टरनेशनल एयरपोर्टले डाइभर्सन मौसमसँग सम्बन्धित भएको बताएको छ। विमानमा रहेका यात्रुहरु आप्रवासीहरु रहेको सिटीका अधिकारीहरुले विश्वास गरेपनि त्यसका उडानमा रहेका व्यक्तिहरूको सही संख्या र तिनीहरूको अवस्था कस्तो थियो भन्ने बारे थप विवरण छैन। विमानमा रहेकाहरुलाई अन्तिम गन्तव्यमा पुग्न न्युयोर्क सिटीले नै सहयोग गरिरहेको थियो।






