विद्यार्थी भिसामा अमेरिकामा आउनेलाई ग्रिनकार्ड पाउन सहज बनाउने नीति जारी


प्रकाशित मिति : पुस ५, २०८० बिहीबार

अमेरिकाको अध्यागमन सेवा युएससीआईएसले विद्यार्थी भिसाका सम्बन्धमा नयाँ नीति निर्देशन जारी गर्दै वर्क परमिट, स्टाटस परिवर्तन, भिसाको विस्तार र भिसाको पुनस्थापनाबारे विद्यार्थी र उनीहरुका आश्रितहरूका सन्दर्भमा निर्णय गर्न युएससीआईएसको भूमिकाबारे थप स्पष्ट पारेको छ । यो निर्देशनले विद्यमान नीतिलाई थप सुदृढ बनाउने युएससीआईएसले जनाएको छ ।

यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अमेरिकी शैक्षिक संस्थाहरूलाई योग्यता आवश्यकताहरू, स्कूल स्थानान्तरण, व्यावहारिक प्रशिक्षण र क्याम्पस बाहिर तथा भित्र रोजगारीलगायत धेरै विषयहरूमा स्वागतयोग्य स्पष्टता प्रदान गर्ने युएससीआईएसको भनाई छ । उदाहरणका लागि यो मार्गदर्शनले  विदेशी विद्यार्थीहरूको विदेशमा त्याग्न नचाहने स्थायी निवास हुनुपर्ने तर त्यस्ता विद्यार्थीहरू स्थायी श्रम प्रमाणीकरण आवेदन वा आप्रवासी भिसाको लाभार्थी भने हुन सक्ने प्रष्ट पारेको छ ।

स्थायी श्रम प्रमाणीकरण आवेदन वा आप्रवासी भिसाको लाभार्थी हुँदा हुँदै पनि उनीहरुले अमेरिकामा बसाईको अस्थायी अवधि पछि अमेरिकाबाट स्वेदश प्रस्थान गर्ने लक्ष्य रहेको उनीहरुले प्रमाणित गर्न सक्नेछन् ।

थप रूपमा यो मार्गदर्शनले रोजगारदाताले तालिम योजना आवश्यकताहरू पालना गर्दासम्म, ईलेक्ट्रोनिक प्रमाणिकरण राम्रो स्थितिमा रहदासम्म र अमेरिकी कामदारहरूलाई प्रदान गरेसरह ज्याला प्रदान गर्ने लगायतका आवश्यकता पूरा गर्दासम्म विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणितका क्षेत्रमा उनीहरूको डिग्रीको आधारमा वैकल्पिक व्यावहारिक प्रशिक्षण ओपीटीको विस्तार खोज्ने विद्यार्थीहरूलाई स्टार्टअप कम्पनीहरूले काममा राख्नसक्नेबारे प्रष्ट पारेको छ ।

एफ वान भिसामा आप्रवासीहरु कलेज, विश्वविद्यालय, सेमिनरी, कन्जर्भेटरी, शैक्षिक हाई स्कूल, प्राथमिक विद्यालय वा अन्य शैक्षिक संस्था वा भाषा सिक्न विद्यार्थीको रूपमा अमेरिका आउन सक्छन् । साथै एम वान भिसामा भाषा प्रशिक्षण कार्यक्रम बाहेक स्थापित व्यावसायिक वा अन्य मान्यता प्राप्त गैर शैक्षिक कार्यक्रमहरूमा सहभागी हुन आउन सकिन्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com