“कहिले आउँछन् कर्मचारी ”


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

(सन्तोष गौतम)
बाबियाचौर(म्याग्दी), ६ भदौ । यहाँका जनप्रतिनिधिले क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

बेनीमा सोमबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक अर्यालको उपस्थितिमा भएको जनप्रतिनिधि, कार्यालय प्रमुख र राजनीतिक दलबीच भएको अन्तरक्रियामा सहभागीले जनशक्तिको अभावमा स्थानीय तह सञ्चालनमा समस्या भएको बताए ।

बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने जनशक्ति नहुँदा स्थानीय तहबाट जनताले अपेक्षाकृत सेवा सुविधा पाउन नसकेको जनप्रतिनिधिको भनाइ थियो । “जिल्लाबाट पठाएको कर्मचारी अझै गाउँपालिकामा आएका छैनन्” धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले प्रश्न गर्नुभयो, “कहिले आउँछन् कर्मचारी ?” उहाँले केही वडा सचिव अझै सदरमुकाममै रहेको र जिल्ला प्रशासन कार्यालयले खटाएका कर्मचारीसमेत गाउँपालिकामा नपुगेको बताउनुभयो ।
मालिका गाउँपालिका– ७ का वडाध्यक्ष रेशम जुक्जालीले एउटै सचिवले तीन वडासम्मको काम गर्नुपर्दा जनताले सुविधा पाउन नसकेको बताउनुभयो । “सिहदरबारको अधिकार गाउँमा पठाएको भनेर मात्र नभएर त्यसलाई सही ढंगले कार्यान्वयन गर्न जनशक्तिको व्यवस्थापनमा प्राथमिकता दिनुपर्छ” वडाध्यक्ष जुक्जालीले भन्नुभयो । ”
कार्यक्रममा सहभागी अधिकांश जनप्रतिनिधिले जनशक्ति अभावमा स्थानीय तहमा विनियोजित बजेट कार्यान्वयनमा समस्या सिर्जना भएको बताएका थिए । बेनी नगरपालिका बाहेक अन्य पाँच गाउँपालिका कार्यकारी अधिकृत र लेखापालका भरमा चलेका छन् । स्थानीय तह कर्मचारीविहीन छन् । साबिकका कार्यालयका कर्मचारी काम नपाएर अलमलमा परेका छन् ।

“पहिले सेवा पाएको कार्यालयमा जाँदा स्थानीय तहमा पठाउँछन्”, कृषि विकास कार्यालयमा सेवा लिन पुगेका बेनपा –५ का शिव पौडेलले भन्नुभयो “स्थानीय तहमा जाँदा कर्मचारी छैनन् भनेर पठाउँछन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रजिअको संयोजकत्वमा रहेको कर्मचारी व्यवस्थापन समितिले हालसम्म जिल्लाका २३ कर्मचारीलाई स्थानीय तहमा खटाएको छ । यसैगरी स्वास्थ्य, कृषि, पशुसेवा र आर्युवेद सेवा केन्द्रका कर्मचारी गाउँ, नगरपालिकाअन्तर्गत नै समायोजन भएका छन् ।

पहिले नै दरबन्दीअनुसारका कर्मचारीको अभाव रहेको र अहिले साबिकका कार्यालय पनि खारेज नभएको तथा थप जनशक्ति नआएकाले समायोजनमा समस्या भएको प्रजिअ कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

क्षेत्रीय प्रशासक अर्यालले जनप्रतिनिधिसँगको अन्तरक्रियालगत्तै कार्यालय प्रमुखको बैठक बसेर स्थानीय तहको कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिइएको बताउनुभयो । “स्थानीय तहमा कर्मचारी समायोजन, व्यवस्थापनसम्बन्धी विधेयक संसद्बाट पारित नहुँदा अन्योल छ” प्रशासक अर्यालले भन्नुभयो, “तत्काललाई स्थानीय तहको कामकारबाही अघि बढाउन जनशक्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com