अमेरिकी अधिकारीद्वारा लागु औषधजन्य कारोबार नियन्त्रणमा सघाएको भन्दै चीनको प्रशंसा


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

दुखाई कम गर्न प्रयोग गरिने नशालु पदार्थको अत्यधिक प्रयोगका कारण अमेरिकीहरूको मृत्यु हुने गरेको पाइएपछि उक्त समस्याको समाधानका लागि चीनले गरेको सहकार्यका लागि अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा मामिला हेर्ने निकायका प्रमुख टम प्राइसले सोमबार चीनको प्रशंसा गर्नुभएको छ ।

अमेरिकामा लागूपदार्थका दुब्र्यसनीले आफूलाई चाहिने नशालु पदार्थको स्रोत चीनलाई पनि बनाउने गरेको भन्दै यस्ता सामग्रीको निर्यातमा रोक लगाउन गरेको आग्रहलाई चीनले सवैभन्दा पहिले प्रतिक्रिया जनाएको भन्दै चीन भ्रमणमा रहेका उहाँले चीनको प्रशंसा गनुभएको हो ।

उहाँका अनुसार फेन्टानिल नामक नशालु पदार्थको अत्यधिक प्रयोगका कारण हजारौँ अमेरिकी नागरिकको अल्पायुमा ज्यान जाने गरेको साथै यसको प्रयोगले अमेरिकी युवाको नकारात्मक क्रियाकलापमा लत लाग्ने गरेको विभिन्न अनुसन्धानले बताएपछि नियन्त्रणका लागि पहल शुरु गरिएको थियो ।

प्राइसले अमेरिकी समाचार संस्था (एपी)सँगको कुराकानीमा भन्नुभयो, “जव फेन्टानिल जस्ता कुनै औषधिको प्रयोगबाट समस्या आउँछ त्यसको नियन्त्रण तथा समाधानमा सहयोग गर्ने चीन विश्वसनीय साझेदार हुने गरेको छ ।”
ठूलो चुनौति भनेको लागू औषध प्रयोगकर्ताले एउटा रसायनिक पदार्थको प्रयोगबाट बनाइएका नशालु औषधिको सट्टा अर्को प्रयोग गर्ने बानीले समस्याको समाधानमा अफ्ठ्यारो परेको उहाँको भनाई थियो ।

अमेरिकामा फेन्टानिलको प्रयोग गर्ने बानी परेका युवालाई लतबाट छुटाउने प्रयासमा गत महिना अमेरिकाको अनुरोधपछि चीनले फेन्टानिलको सट्टा यू–४७७०० र अन्य तीन प्रकारका औषधि बजारमा ल्याएको थियो । चीनमा
नियन्त्रणमा फेन्टानिल तथा कारफेन्टानिलको कानुनी विकल्पमा यू–४७७०० को प्रयोग दिइएको थियो । तर अमेरिकामा यू–४७७०० नशाका लागिे प्रयोग गर्ने व्यक्तिको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको प्राइसले बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com