इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्ब्याइयो
प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार
Former Palestinian prisoners who were released by the Israeli authorities, fly Palestinian and Hamas flags while they are carried on the shoulders upon their arrival in the West Bank town of Beitunia, Friday, Nov. 24, 2023. The release came on the first day of a four-day cease-fire deal between Israel and Hamas during which the Gaza militants have pledged to release 50 hostages in exchange for 150 Palestinians imprisoned by Israel. (AP Photo/Nasser Nasser)
इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ ।
इजरायली सेनाले “बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै” हमाससँगको युद्धविराम कायम रहने बताएको छ।
यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ ।
हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको छ।
जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।
यस अवधिमा युद्धविराम लागू हुन्छ। साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्।






