न्युयोर्क सिटीले मंगलबार विहान सिजनको पहिलो हिउँका फूल देख्नसक्ने


प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार

view of stores while snowing

न्युयोर्क सिटीले मंगलबार बिहान केही हिउँ देख्ने मौका पाउनेछ । तर यो ठूलो भने हुनेछैन । अझै डिसेम्बर नभए पनि न्युयोर्क सिटीले सिजनको पहिलो हिमपात देख्न सक्ने मौषमविदहरुले बताएका छन् । किनभने मध्य हप्तामा चिसो मौसम यस क्षेत्रमा फैलिएको छ।

सोमबार राती अत्यन्तै चिसोसँगै मंगलबार बिहान पनि तापक्रम एकदम चिसो रहनेछ । बिहानको समयमा हावा चिसो हुनेछ। तापक्रम २० डिग्री फरेनहाइटको आसपासमा हुनेछ भने सूर्य बाहिर आउँदा पनि यसमा धेरै परिवर्तन हुनेछैन । किनकि दिनभर २० को हाराहारीमा र अत्याधिक भएमा ३० डिग्री फरेनहाइटसम्म तापक्रम पुग्नेछ ।

people waling on street covered with fog

कडा चिसोको कारण न्युयोर्क सिटीले बिहान केही हिउँ देख्ने मौका पाउने अपेक्षा गरिएको हो । तर यो हिउँका फूलहरु भन्दा बढी हुनेछैन । किनकि धेरै ठूलो हिउँ ग्रेट लेक क्षेत्र वरिपरि पर्नेछ । ओन्टारियो तालको आसपासमा एक फुटसम्म हिमपात सम्भव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार पनि त्यति धेरै तातो देखिँदैन। सौभाग्यवश अत्याधिक चिसो छोटो समयका लागि रहनेछ । बिहीबार तापक्रम ५० डिग्री फरेनहाइटको नजिक पुग्नेछ । शुक्रबार साँझसम्म अर्को चरणको वर्षासँगै उच्च तापक्रम ५० डिग्री फरेनहाइटसम्म पुग्नेछ । अर्को हप्ता पनि पानी पर्ने सम्भावना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com