बाढीपछि बिरामी बढ्न थाले


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

गौशाला, ६ भदौ । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ ।

जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा, धीरापुर, मनरा, एकडारा, सोनमा, सोनौललगायतका स्थानमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ ।

ती स्थानमा खानेपानीको मुहान बाढीले बगाएको, ह्याण्ड पाइप, कुवा, इनार र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाउँ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बाढीको पानी कम भएसँगै बाढी प्रभावित गाउँ बस्तीमा झाडापखाला, डाइरिया, ज्वरो, टाइफाइड, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटिएको र निरन्तर घुम्ती टोलीले उपचार तथा औषधि वितरणलगायतका काम तीव्रगतिमा गरिरहेको बताउनुभयो ।

तर अझै पनि जिल्लाका ग्रामीण भेगमा स्वास्थ्यकर्मी तथा औषधि पुग्न नसकेको र कतिपय ठाउँमा बिरामीले उपचार र औषधि नपाएको पीडितले गुनासो गरेका छन् ।

अहिले बाढीबाट प्रभावित बिरामीले जिल्ला अस्पताल र जिल्लाका सबै स्वास्थ्य, उपस्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र खचाखच भरिएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com