स्वेदशमा बैंकलाई समेत ठगेर अमेरिका आएका एकजना व्यक्तिलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले नियन्त्रणमा लिएर डिपोर्ट गरिदिएका छन् । बैंक र बित्तिय संस्थाहरुबाट झण्डै ५३ मिलियन डलर ठगेका चीनका ४७ बर्षका जिमिंग झाउलाई न्युजर्सीमा पक्राउ गरेर देशनिकाला गरिएको हो ।
उनले चीनमा एउटा कम्पनी खोलेको र कम्पनीले पुरानो ऋण तिर्न नसकेर टाट पल्टेको अवस्थामा नक्कली कागजात बनाएर उनले पुन बैंक र बित्तिय संस्थाबाट ऋण लिन सफल भएका थिए । त्यसपछि उनी भिजिटर भिसामा अमेरिका आएर ओभरस्टे भएर बसिरहेका थिए । सन् २०१५ को नोभेम्बर १९ मा चीनीया अधिकारीहरुले उनलाई पक्राउ गर्न वारेन्ट जारी गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।