ट्रम्पले यसरी हेरे सूर्यग्रहण (फोटोफिचर )


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पत्नी र छोराका साथ ह्वाइटहाउसबाट सूर्यग्रहण हेरेका छन् । सूर्यग्रहण उत्कर्षमा पुगेको बेलामा ट्रम्पले सुरुमा नांगो आँखाले सूर्यतिर हेरेका थिए । सूर्यग्रहणका बेला नांगो आँखाले सूर्यतिर नहेर्न सुझाव दिइने गरेको भएपनि ट्रम्पले भने नांगो आँखाले हेरेका हुन् ।

सार्वजनिक पहिलो तस्विरमा ट्रम्पले नांगो आँखाले सूर्यतिर हेरेका छन् जबकी उनकी पत्नी मेलानिया ट्रम्पले भने चस्मा लगाएर भुईतिर हेरेकी छिन् । दोश्रो तस्विरमा ट्रम्पले सूर्यतिर हेर्दै औंलाले बताएका छन् । तेश्रो तस्विरमा उनका छोरा र पत्नीले अर्कोतिर हेरिरहेका छन् भने ट्रम्पले सूर्यतिर हेरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिउसो २ बजेर ३९ मिनेट जाँदा ट्रम्पले तल जम्मा भएको भींडलाई इशारा गर्दै आकाशतिर हेरेका थिए । त्यती नै बेला ह्वाइट हाउसको ब्लुरुम बाल्कोनी तल उभिएका एकजना सहयोगीले चिच्याउदै ट्रम्पलाई त्यसरी नहेर्न सुझाव दिएका थिए । त्यसपछि ट्रम्पले चस्मा लगाएर सूर्य ग्रहण हेरेका थिए ।

छोरा ब्यारन र पत्नीसँगै ट्रम्पले ह्वाइट हाउसको टम्र्यान बाल्कोनीबाट सूर्यग्रहण हेरेका हुन् ।

ह्वाइटहाउसबाट नै महान्यायाधिवक्ता जेफ सेसन र वाणिज्यमन्त्री विल्वर रोसले भने सूर्यग्रहण हेरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com