अमेरिकामा ६२ बर्ष नाघेकाहरुले नोभेम्बरमा १८४१ डलर पाउने


प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

अमेरिकामा ६२ बर्ष काटेका लाखौंले नोभेम्बरमा यो बर्षको अन्तिम १८४१ डलर पाउने भएका छन् । यो रकमले उनीहरूलाई आवश्यक खर्चहरू तिर्न र अमेरिकामा मूल्यबृद्धिको सामना गर्न मद्दत गर्न सक्छ। यदि तपाई नोभेम्बर ३, ८, १५ र २२ मा सोसल सेक्युरिटी भुक्तानीको लागि योग्य हुनुहुन्न भने १८४१ डलरको चेक तपाईको हुने सम्भावना छ ।

तर तपाईंले लाभहरूको लागि आवेदन नदिएको खण्डमा भने सोसल सेक्युरिटीबाट यो रकम प्राप्त गर्न सक्नुहुन्न । रकम पाउनका लागि सन् १९९७ को अप्रिल ३०प पछि फाइलिङ गरेको हुनुपर्छ । यदि तपाईंले मे १९९७ अघि फाइल गर्नुभएको थियो भने यो तपाईंको भुक्तानी रकम होइन।

नोभेम्बरमा यो रकम पाउनका लागि सन् १९९७ को अप्रिलपछि फाइल गरेको हुनुपर्नेमात्र नभई तपाइँसँग निश्चित जन्म मिति समेत हुनुपर्छ। अन्यथा तपाइँले लगभग १८४१ डलरको यो औसत भुक्तानी नगद लिन सक्षम हुनुहुने छैन।

Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)

औसतमा सोसल सेक्युरिटीले सेप्टेम्बर २०२३ सम्म लगभग १८४१ डलरको को चेक पठाएको थियो । तर कतिपयले उच्च भुक्तानी समेत पाउन सक्छन् । उदाहरणका लागि कसैले ७० वर्षको उमेरमा सोसल सेक्युरिटी भुक्तानी लिन सुरु गरेमा २०२३ मा यो रकम ४५५५ डलर सम्म रहेको छ । ४५५५ डलरको यो ठूलो भुक्तानी प्राप्त गर्न को लागी तपाईले कम्तिमा ३५ वर्ष काम गरेको हुनुपर्छ भने ७० वर्षमा रिटायर्ड लिनु पनि अनिवार्य छ। अन्तिम आवश्यकता भने आम्दानीको इतिहास पनि हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि तपाइँ ४५५५ डलर प्राप्त गर्न चाहनुहुन्छ भने तपाइँले ३५ वर्षसम्म कर योग्य आम्दानी गरेको हुनुपर्छ । यो कर योग्य रकम सन् २०२३ मा अधिकतम १ लाख ६० हजार २ सय छ भने २०२४ का लागि १ लाख ६८ हजार ६ सय हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com