यो वर्षमात्र अमेरिकामा भएको सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु


प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार

यस वर्ष अमेरिकामा सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु । यो कम्तिमा १० वर्षको अवधिमा कुनै पनि बर्ष सामूहिक गोलीकाण्डमा मृत्यु हुनेमा सबैभन्दा बढी हो । अमेरिकामा केहीदिन अगाडिमात्र मेनमा भएको गोलीकाण्ड यस वर्षको अहिलेसम्मकै सबैभन्दा घातक थियो ।

अमेरिकामा जनवरी १ देखि ५६६ सामूहिक गोलीकाण्डहरू भएका छन् । सन् २०१४ देखि गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीहरू ट्र्याक गर्न थालेदेखिकै यो सबैभन्दा धेरै हो । यो संख्यामा चार वा बढी व्यक्तिहरू मारिएका वा घाइते भएका घटनामात्र समावेश छन् । एकजनालाईमात्र गरिएका आक्रमणका घटनाहरु समावेश छैनन् ।

यस हप्ताका सामूहिक गोलीकाण्डका घटनाहरुसहित यस वर्ष सामूहिक गोलीकाण्डमा मृत्युको कुल संख्या ६०२ पुगेको छ । जसमा बिहिबार विहान नर्थ क्यारोलिनामा भएको घटना पनि समावेश छ । त्यहाँ पाँच जनाको शव फेला परेको थियो । साथै मेनमा भएको गोलीकाण्डमा कम्तिमा १८ जनाको मृत्यु भएको थियो।

(Photo by JOE RAEDLE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

यस वर्ष सामूहिक गोलीबारीमा मारिएका ६०२ व्यक्तिहरू २०१४ देखि कुनैपनि बर्षको १० महिनामा मारिएकाहरुभन्दा धेरै हुन् । गत वर्ष यही अवधिमा ५ सय ४५ जनाको ज्यान गएको थियो भने २०२१ को अक्टोबर २७ सम्म ५६४ र २०२० मा यस अवधिमा ४१३ जनाको ज्यान गएको थियो । सन् २०१४ र २०१९ बीचको अन्य कुनै वर्षमा ४०० भन्दा बढीको मृत्यु भएको छैन।

अमेरिकामा यो बर्षमात्र बन्दुक हिंशाका घटनामामात्र ३५ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको छ । यो संख्यामा सामुहिक गोलीकाण्डबाहेक अन्य बन्दुक हिंशाका घटनासमेत समावेश छन् । जसमध्ये १५ हजार ५ सय जना बन्दुकहत्या र बन्दुकधारीले आशयविना चलाएको गोलीबाट मारिनेहरु छन् । बन्दुक प्रयोग गरेर आफ्नै ज्यान लिनेहरु १९ हजार ८ सय रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com