न्युयोर्कको क्वीन्समा नशामा रहेको व्यक्तिले चलाएको गाडीको ठक्करबाट ८ पैदलयात्री घाइते


प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार

मादक पदार्थको नशामा रहेको एक चालकले शनिबार न्युयोर्कको क्वीन्समा गाडी चलाउँदा १४ बर्षकी बालिका र सातजना अरु पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

४७ वर्षीय माइकल मोरेनोलाई सन्नीसाइडको ४७ स्ट्रीट र क्वीन्स ब्लुभर्ड नजिकै मादक पदार्थको नशामा गाडी चलाएको र घटनास्थलमा ब्रीथलाइजर लिन अस्वीकार गरेपछि पक्राउ गरिएको छ ।

मोरेनोले होन्डा एसयूभी चलाउँदै गर्दा १४ वर्षीया बालिका र सात वयस्कहरू सहित धेरै कारहरूलाई समेत ठक्कर दिएको र घटना दिउसो ३ बज्नैलाग्दा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बालिकाको टाउकोमा चोट लागेको छ भने उपचारका लागि अस्पताल लगिएको छ ।

सामान्य चोटपटक लागेका अन्य घाइतेहरुलाई पनि अस्पताल लगिएको थियो । दुर्घटनामा जम्मा चारवटा गाडीहरु समावेश रहेका थिए । प्रत्यक्षदर्शीहरुले आफूहरुले बम पड्केको जस्तो आवाज सुनेको र आएर हेर्दा गाडी दुर्घटना भएको देखेको बताएका छन् ।

अदालतको रेकर्ड अनुसार मोरेनोको अभियोग आइतवार विचाराधीन थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com