भारतले प्रस्ताव गरेकै मितिमा प्रचण्डको भ्रमण तय


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

भारतले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयॉ दिल्ली जाने कार्यक्रम तय भएको छ ।
भदौ ३० गते दिल्ली जाने गरी भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने चलन भए पनि अहिलेसम्म औपचारिक निर्णय भएको छैन ।
मन्त्रिपरिषद्को निर्णय नहु‘दै प्रधानमन्त्री प्रचण्डले संसद्को विकास समितिको बैठकमा आफूले भदौ ३० गते भारत भ्रमण गर्न लागेको घोषणा गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डका विशेषदूतका रूपमा नयॉ दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसमक्ष भारतीय अधिकारीहरूले भदौ ३० गते भ्रमणको मिति प्रस्ताव गरेका थिए । भदौं ३१ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस‘ग विशेष भेटवार्ता र सहयोगसम्बन्धी दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको छ ।
तर मन्त्रिपरिषद्बाट निर्णय नगरी भारतले प्रस्ताव गरेकै मितिमा दिल्ली जान लागेको भन्दै संसद्मा पनि आलोचना भएको छ । संसदीय समितिमा सोमबार प्रधानमन्त्रीले आफू भदौ ३० गते भारतको भ्रमणमा जाने र हुलाकी मार्गसहित भारतस‘ग सम्बन्धित विकास निर्माणका कामहरूका बारेमा प्राथमिकताका साथ राख्ने बताउनुभयो ।
प्रधानमन्त्री भारत जानुअघि मधेसलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने र स्थानीय चुनावका लागि कानुनी तथा राजनीतिक वातावरण तयार गर्ने कसरतमा प्रधानमन्त्री जुटेका छन् । उनले खासगरी एमालेस‘गको अनौपचारिक सम्वादलई तीव्र बनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com