महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

प्रिटोरिया (दक्षिण अफ्रिका) ४ भदौं । दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनु भएको छ ।
गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुग्नु भएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो ।
उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्नु हुँदा ठूलो होहल्ला हुन गएको थियो । यस घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिनु भएको हो ।
उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेसका सदस्य हुनुहुन्छ । राजिनामा पत्रमा उहाँले आफ्नो गैह« जिम्मेबार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमायाचना गर्नु भएको जनाइएको छ ।
आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उहाँले स्विकार गर्नु भएको छ । मन्त्रीपदबाट राजिनामा दिए पनि उहाँले संसद् सदस्यता भने त्याग गर्नु हुने छैन ।
उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्नुहुँदै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कत्र्तब्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिनु भएको एक विज्ञप्तिमा जनाइएको छ ।
साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काँग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ूठीक कार्य गरेकोू ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन् ।
महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो ।
अदालतमा पाँचहजार दक्षिण अफ्रिकी ¥यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त हुनु भएको छ ।
आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाई हुने भएकाले यस दिन उहाँ अदालतमा उपस्थित हुनु पर्नेछ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com