अमेरिकाको पावरबल ज्याकपट अब १ बिलियन डलर नाघेको छ । अर्थात् यो १ दशमलव शुन्य ४ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा चौथो ठूलो पावरबल ज्याकपट हो । सोमबार रातीको लागि तय गरिएको पावरबल १ दशमलव शुन्य ४ बिलियन पुगेको हो । विजेताले नगद लिन चाहेमा ४७८ मिलियन डलर प्राप्त गर्नेछन् । त्यसपछि ट्याक्स रकम पनि काटिनेछ ।
अहिलेसम्म सबैभन्दा ठूलो पावरबल सन् २०२२ नोभेम्बर ७ मा २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए भने दोश्रो ठूलो पावरबल सन् २०१६ को जनवरी १३ मा १ दशमलव ५ बिलियन डलरको ज्याकपट क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीका व्यक्तिले जितेका थिए । तेश्रो ठूलो पावरबल सन् २०२३ को जुलाई १९ मा १ दशमलव शुन्य ८ बिलियनको थियो भने क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।