रुसको सूरगुट शहरमा अन्धाधुन्ध चक्कु प्रहार
प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

रुसको सूरगुट शहरमा एकजना व्यक्तिले हिँडिरहेका आठजनामाथि चक्कु प्रहार गरेको बताइएको छ।
अधिकारीहरुका अनुसार आक्रमणकारीले मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको र उनीहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन्।
प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएको बताइएको छ।
सूरगुट रुसको राजधानी मस्कोदेखि २,१०० किलोमिटर पूर्वमा पर्दछ।