ह्वाइट हाउसका प्रमुख रणनीतिकार बर्खास्त


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन्।

ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुन: फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका राजनीतिक, व्यापारिक र सञ्चार क्षेत्रमा रहेका विरोधीहरु विरुद्ध लडिरहने प्रतिक्रिया दिएका छन्।

ब्याननलाई ट्रम्पको राष्ट्रवादी एजेण्डाका एक जना प्रमुख सुत्रधार मान्ने गरिन्छ तर उनले रिपब्लिकन पार्टी र प्रतिद्वन्दिताको जालोमा जकडिएको जस्तो देखिने ह्वाइट हाउसभित्र कैयौँलाई चिढ्याएको पनि ठानिन्छ।

ट्रम्पले वरिष्ठ पदमा नियुक्त गरेका केहि सैनिक जेनेरल जस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र नयाँ चिफ अफ स्टाफ जेम्स केली अनि राष्ट्रपति ट्रम्पका ज्वाइ ज्यारेड कुश्नरसँग उनको कुरा नमिलेको विवरणहरु आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरुदण्ड

ट्रम्प

राष्ट्रपति ट्रम्पले कतिपय गम्भिर प्रकृतिका सूचनाको चुहावटका लागि उनी जिम्मेवार रहेको धारणा बनाएको ठानिएको छ।

यसअघि ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर, सञ्चार निर्देशक एन्टोनी स्कारामुची र चिफ अफ स्टाफ राइन्स प्रिबस ह्वाइट हाउसबाट बाहिरिएका थिए।

ब्याननले सैद्धान्तिक विषयमा राष्ट्रपति ट्रम्पको मेरुदण्ड भएर काम गरेको बताइन्छ।

उनका आलोचकहरुले उनलाई नवनाजीका समर्थकका रुपमा हेर्दै आएका छन्।

रिपब्लिकन दलको परम्परागत कोटरी भित्र चाँहि ‘आर्थिक राष्ट्रवाद’ को उनको धारणासँगै कैयौँ असहमत थिए।

स्वीकार

श्यार्लोट्सभिलमा भएका हिंसालाई लिएर गोरा सर्वोच्चतावादीहरुको उपयुक्त ढङ्गले आलोचना नगरेको आरोप खेपिरहेका ट्रम्पलाई उक्त मुद्दामा ब्याननको बहिर्गमनले केही दबाब कम हुने बताइएको छ।

तर उनको बहिर्गमनले समस्या पनि निम्त्याउन सक्छ किनभने दक्षिणपन्थीहरुमाझ उनको बलियो पकड रहेको छ।

वासिङटनबाट एक जना बीबीसी संवाददाता भन्छन् उक्त समूहले राष्ट्रपति ट्रम्पलाई जिताउन मूख्य भूमिका खेलेको थियो र उनीहरुले ब्याननको बर्खास्तीलाई सजिलै स्वीकार्ने देखिदैँन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com