‘बीस हजार कल प्रदूषित’


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

तराईका कतिपय जिल्लामा कम गहिराइबाट पानी तान्न प्रयोग हुने हजारौं कल तथा इनारको पानी, बाढीका कारण प्रदूषित भएको अधिकारीहरुले बताएका छन्।

तराईमा लाखौं मानिस खानेपानी तथा अन्य प्रयोजनका लागि कल तथा इनारमा भर पर्ने गर्छन्।

अधिकारीहरुले सफा पानी पिउन बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गर्दै नत्र रोगव्याधि फैलनसक्ने चेतावनी दिएका छन्।

बाढी र डुबानका कारण मरेका पशुपक्षी बेलैमा व्यवस्थापन हुन नसक्दा कतिपय पिउने पानीका मुहान थप प्रदूषित बन्ने खतरा रहेको भन्दै चिन्ता पनि व्यक्त भएका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रदूषित

कल

बाढीको पानी पस्दा करिब २०,००० कल र अन्य कैयौं इनार प्रदूषित बन्न पुगेको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले भने, ”बाढीद्वारा प्रभावित तराईका जिल्लाहरुमा खानेपानीका स्यालो ट्युबवेलहरु प्रदूषित बन्न पुगेका छन्। रोगव्याधिबाट बच्न सुरक्षित पानीको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी देखिन्छ।”

पानी प्रदूषित भएको क्षेत्रमा परीक्षण तथा शुद्धिकरणका लागि किटाणुनाशक क्लोरिन झोल लगायतका सामग्रीसहित विज्ञ टोलीहरु परिचालन गरिसकिएको बताइएको छ।

बाढी र डुबानका कारण मरेका पशुपक्षीको बेलैमा व्यवस्थापन हुन नसकेको र त्यसले पानीका स्रोतलाई जोखिममा थप्ने चिन्ता पनि प्रकट भइरहेका छन्।

त्यस्ता चिन्तामाझ आफूहरुले दैवी प्रकोप उद्धार समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहयोगमा मरेका पशुपक्षीको व्यवस्थापनको काम शुरु गरिसकेको पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले बताए।

पशुपक्षी

उनले भने, ”मानवस्वास्थ्य र वातावरणमा यसको असर नपरोस् भनेर मृत पशुहरुको व्यवस्थापन हाम्रो अबको प्राथमिकतामा छ। मृत पशुहरुलाई गाड्ने वा सुरक्षित व्यवस्थापन गर्न हाम्रा कर्मचारीहरु लागिसकेका छन्।”

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा गाइभैँसी, बाख्रा, बंगुर र कुखुरा गरी करिब डेढलाख पशुपक्षी मरेका छन् जसका कारण करिब साढे १ अर्ब रुपैयाँ क्षति भएको आंकलन गरिएको छ।

त्यसका अतिरिक्त जमेको पानीका कारण अधिकांश शौचालय प्रयोगहीन अवस्थामा रहेका कारण पनि चुनौती थपिएको अधिकारीहरुको भनाई छ।

देशभर ८७ प्रतिशत मानिसको पहुँचमा आधारभूत खानेपानीको सेवा पुगेको र ९२ प्रतिशत मानिसको शौचालयमा पहुँचमा रहेको खानेपानी मन्त्रालयले बताउने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com