नेपालको संविधान दिवसको अवशरमा अमेरिकी विदेशमन्त्रीको शुभकामना


प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालको संविधान दिवसको शुभकामना दिएका छन् । ब्लींकेनले भनेका छन् -‘अमेरिकाको तर्फबाट म सेप्टेम्बर २० मा नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतालाई हार्दिक बधाई दिन चाहन्छु। यो नेपालका उपलब्धिहरू र हाम्रा राष्ट्रहरूबीचको स्थायी मित्रतालाई मान्यता दिने क्षण हो।’

जनता जनतामाझको बलियो सम्बन्धहरू अमेरिका र नेपालबीचको सम्बन्धको आधारशिला भएको उनले बताएका छन् । यो सम्बन्धले समझदारी, विश्वास र सद्भावनालाई बढावा दिने उनको भनाई छ ।

ब्लींकेनले भनेका छन् – ‘हामी यो विशेष दिन मनाउने क्रममा दुई राष्ट्रहरू बीच शान्ति, सहयोग र पारस्परिक समृद्धिलाई बढावा दिने यी अमूल्य सम्पर्कहरुप्रति हाम्रो प्रतिबद्धता नवीकरण गर्न खोज्छौं। अमेरिकी जनता र सरकारको तर्फबाट यस विशेष अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको वर्तमान संविधान २०७२ सेप्टेम्बर २०, २०१५ देखि लागु भएको हो । दोश्रो संविधान सभाको सफलताको फलस्वरूप यो संविधान लागु भएपछि नेपालको अन्तरिम संविधान २०६३ स्वतः निष्क्रिय भएको थियो ।

संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।

यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।

यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com