प्रधानमन्त्री दाहाल न्यूयोर्कमा, बाइडेनको रिसेप्सनमा सहभागी हुने


प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुगेका छन् ।

प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा रहँदा प्रचण्डले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नेछन् । राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

न्युयोर्क भ्रमणका क्रममा के प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छुट्टै भेटघाट पनि हुनेछ ?

अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुलाई दिने सामुहिक स्वागत बाहेक नेपालका प्रधानमन्त्रीसँग छुट्टै भेटघाटको कार्यक्रम भने अहिलेसम्म तय भइनसकेको ह्वाइटहाउसले खसोखासलाई जानकारी दिएको छ ।

राष्ट्रपतिका लागि एक्जुक्युटिभ अफिस र ह्वाइट हाउसका लागि नेशनल सेक्युरिटी काउन्सिलले दिएको जानकारी अनुशार बाइडेनले नेपालका प्रधानमन्त्रीलाई छुट्टै भेट्ने कुनै कार्यक्रम रहेको छैन भने अमेरिकी विदेशमन्त्रीसँग पनि नेपालका अधिकारीहरुको भेटघाटको कार्यक्रम छैन ।

ह्वाइट हाउसको नेशनल सेक्युरिटी काउन्सिलमा कार्यरत एकजना सहायक प्रेस सेक्रेटरी तथा स्ट्राटेजिक कम्युनिकेशन निर्देशकले अहिले कार्यक्रम तय भइनसकेको भएतापनि आगामी दिनमा राष्ट्रपतिको तालिकाबारे थप जानकारी हुने बताएका छन् । नेपालको परराष्ट्र श्रोतले पनि प्रचण्ड र बाइडेनबीच छुट्टै भेटघाटको कुनै तालिका तय नभएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन समेत रहेको छ । जस अनुशार विभिन्न देशका राष्ट्रप्रमुख र अमेरिकी राष्ट्रपति दम्पत्तिको फोटो सेसन हुने गर्छ । यो रिसेप्सनमा नेपालका प्रधानमन्त्री सहित सबै देशका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले २ मिनेट वा त्यो भन्दा अझ कम समय भेट्ने कार्यक्रम हुन्छ ।

यो रिसेप्नसमा सबै देशका राष्ट्रप्रमुखसँग सामान्य हालखबर सोध्ने र फोटो खिच्नेमात्र काम हुन्छ । यद्यपी आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले रिसेप्सेन कार्यक्रम बाहेक अरु समयमा छुट्टै भेटघाट समेत गर्ने गर्छन् ।

प्रधानमन्त्रीलाई ढोका बाहिरसम्म छोड्न राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय कर्मचारीहरु र अन्य अधिकारीहरु पनि जाने गर्छन् । त्यसपछि भित्र पसेपछि आफ्नो पालो आउनासाथ नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भेटेर फोटो खिच्छन् । यो भेटमा सञ्चै हुनुहुन्छ रु भनेर सामान्य व्यक्तिगत हालखबर सोध्नेबाहेक अरु कुराकानी हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com