तीन घन्टाभन्दा बढी टीभी हेर्ने बालबालिकालाई मधुमेहको सम्भावना


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

दिनहुँ तीन घन्टाभन्दा बढी समय टीभी, कम्प्युटर, टयाबलेट, स्मार्ट फोन आदिमा बिताउने बालबालिकालाई मधुमेहसमेत हुन सक्छ । यसरी निरन्तर स्क्रिनमा दिनहुँ समय खर्चिनु उनीहरूको स्वास्थ्यका लागि राम्रो होइन ।

यो अध्ययन आर्काइभ्ज अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित छ । मेटाबोलिक र कार्डियोभास्कुलरसम्बन्धी परीक्षणको लागि यो अध्ययन बेलायती सहर बर्मिंघम र लिसेस्टरका ९–१२ वर्ष उमेर समूहका साढे चार हजार बालबालिकामा गरिएको हो । ती बालबालिका दुई सय प्राथमिक स्कुलबाट छानिएका थिए ।
अध्ययन अनुसार, डिजिटल माध्यमप्रति बालबालिकाको निरन्तर लगाव उनीहरूमा मोटोपनको कारक हुन सक्छ । यस्तो बानी ‘इन्सुलिन रेजिस्टेन्स’ का लागि जिम्मेवारसमेत हुन सक्छ ।
इन्सुलिनले पाचनग्रन्थीका माध्यमले हार्मोनबाट ब्लड ग्लुकोजको स्तर बढ्नबाट रोक्छ । इन्सुलिनको यो काममा मधुमेहले बाधा उत्पन्न गर्छ ।
बाल्यकालको प्रारम्भिक वर्षमा टीभी स्क्रिनमा कम समय बिताउने बालबालिकामा टाइप–२ मधुमेह हुने जोखिम कम हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com