Follow @khasokhasmag

अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

बेरुत (लेवनान) ,  इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ ।

‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राकामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com