बार्सिलोना हमलामा कम्तीमा १३ को मृत्यु, ८० घाइते (२३ तस्विर)


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको क्याटालोना प्रान्तका गृहमन्त्रीले जनाएका छन्। प्रहरीले झण्डै ८० जना अन्य घाइते भएको जनाएका छन्। प्रहरीले बिहीबार अपरान्ह गरिएको सो हमलाको सिलसिलामा एकजनालाई पक्राउ गरिएको बताएका छन्।
प्रहरीले सो हमला ‘एक आतंककारी घटना’ भएको बताए।

प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन्। उनी मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताइएको छ। प्रहरीले मानिसहरुलाई लास राम्बलास क्षेत्रबाट टाढै रहन अपील गरेका छन्। प्रत्यक्षदर्शीहरुले सुरक्षाकालागि मानिसहरु नजीकैका क्याफे तथा पसलहरुभित्र पसेको आफुहरुले देखेको बताए।

स्थानीय भूमिगत यातायात सन्जाल तथा रेलवे स्टेशनहरु बन्द गरिएको छ। एल पायस समाचारपत्रले भ्यानलाई लगेर मानिसहरुमाथि ठोक्काएपछि भ्यानको चालक पैदलै भागेको जनाएको छ। यसअघि युरोपका विभिन्न शहरहरु तथा लण्डनमा पनि इस्लामिक उग्रवादीहरुले सडकमा मानिसहरुमाथि मोटर लगेर जोताएका घटनाहरु भएका थिए।

विश्व नेताहरुले बार्सिलोनामा गरिएको हमलाको निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों, ब्रिटिश प्रधानमन्त्री टरीजा मे लगायतका नेताहरुले सो हमलाको कडा निन्दा गरेका छन्। युरोपेली आयोगका अध्यक्ष जँ क्लद युङ्करले भने, “हामी यस्तो जँगली कृत्यबाट कहिल्यै पनि भयभीत हुनेछेनौं।” बीबीसी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्विर :एपी, एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com