सुस्तामा पश्चिम गण्डक नहरको बाँध फुटाउने स्थानीयको प्रयास


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

– नवीन पौडेल

भाद्र १, २०७४- गण्डक नहरको पानीको कारण बस्ती र खेती डुबानमा परेको भन्दै सुस्ताका स्थानीयले भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् ।

लगातारको वर्षाले जिल्लाको सुस्ता गाउँपालिकाको १र २ डुबान परेपछि स्थानियले बाधंको कारण पानीले निकास नपाउदा डुवान परेको भन्दै बाँध फुटाएर जमेको पानी निकास गराउने प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।  नारायणी नदीमा आएको बाढीका कारण नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को  बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्र्तगतको सत्तपति र महलबारीमा डुबान परेका छन् । डुबानको कारण करिब  १ हजार बिगाहाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु खेती नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए ।

बर्सेनी बस्ति डुबान हुने र खेतीयोग्य जमीन कटान गरेको गुनासो नेपाली प्रशासन र भारतीय पक्षलाई समेत पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेका कारण बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षायाममा पानीको बहाव बढी हुने र बस्तिमा जम्मा भएको पानीले बाँधको कारण निकास नपाउने भएकाले साईफन निमार्ण गरीदिन आग्रह गरेपनि बेवास्ता गरेका कारण करिब एकसय ५० जना स्थानीयले कुटो, कोदालो र गैची लिएर बाँध फुटाउन लागेको समयमा स्थानीय प्रशासनले रोकेको थियो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार नेपाली भुमीमा नै पर्ने भारतीय गण्डक नहर फुटाउने प्रयास गरेको स्वीकार्दै तत्काल सुरक्षाकर्मी लगाएर रोकीएको बताए ।

‘गण्डक सम्झौता अनुसार वर्षौं पहिले निमार्ण गरिएको भारतीय नहर नेपाली भुमीमा पर्दछ, सो नहर फुटेमा पानीको बहाब बढ्दा पुन: नेपाली भुमीमा नै असर पुग्दछ,’ उनले भने, ‘समस्या बारे गृह मन्त्रालय र भारतीय पक्षलाई समेत जानकारी गराएर स्थानीयसँग समस्या समाधानका लागि पहल गरीएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com